अस्थायी प्रहरी पोष्ट विरुवाटारमा नयाँ इन्चार्ज

गोरखा संसार
पौैष ५, गोरखा ।
अस्थायी प्रहरी पोष्ट विरुवाटारमा नयाँ इन्चार्ज आएका छन् । चौकी स्थापनापछि हालसम्म इन्चार्जको रुपमा कार्यरत मदन आचार्यको गोरखाको घ्याल्चोक चौकीमा सरुवा भएपछि विरुवाटारमा इलाका प्रहरी चौकी ठाँटीपोखरीबाट कृष्ण घर्ती आउनुभएको हो । स्थापना कालदेखि नै बिरुवाटार प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत इन्चार्ज आचार्यले उत्कृष्ट प्रहरीको सम्मान समेत प्राप्त गर्नभएको थियो । प्रहरी पोष्टमा गरिएको विदाइ तथा स्वागत कार्यक्रममा बोल्दै पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले आचार्यको कामको चर्चा गर्नुका साथै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । त्यस्तै गरी नयाँ इन्चार्जको रुपमा आउनुभएका घर्तीलाई पनि सोही अवसरमा स्वागत गरिएको थियो । स्वागत तथा विदाई कार्यक्रममा च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे, गोरखा संसार मिडिया प्रा.लि.का रविन्द्र कंडेल, स्थानीय व्यवसायी राजुप्रसाद अधिकारी, हिराकाजी कुमाल लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्व इन्चार्ज आचार्यले नवआगन्तुक इन्चार्ज घर्तीलाई आफ्नो कार्यक्षेत्रभित्रको बस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker