च्याङ्लीमा निशुल्क सुगर परिक्षण

गोरखा संसार
पौैष ३, लमजुङ ।
पालुङ्टार नगरपालिका वडा नं.७ मा रहेको च्याङली स्वास्थ्य चौकी ले वडा नं. ७ का टोेलविकास संस्थाको बैठकमा पुगी निशुल्क रुपमा रगतबाट सुगर परीक्षण कार्य शुरु गरेको छ ।
जोगीथान माइलीटार टोलविकास संस्थाको पौष १ गतेको बैठकमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले ४८ जनामा गरिएको परीक्षण मा ११ जनालाई सुगरको भएको शंका मा थप परीक्षणको लागी रिफर गरिएको इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । सवै टोलहरुमा पुगेर परीक्षण गरिने पनि उहाँले बताउनुभयो ।
४० बर्षभन्दा माथिकालाई मात्र परीक्षण गरिने यस प्रकारको सुगर परिक्षण अत्यन्त प्रभावकारी हुने र स्वास्थ्य चौकीको यो अभियानबाट सवै प्रभावित भएको जोगीथान माइलीटार टोलविकास संस्थाका सचिव गणेशलाल श्रेष्ठले बताउनुभयो ।
समुदायमा रहेका नागरिकहरुमा सुगरको समस्या रहन सक्ने भएकाले समयमै यसको पहिचान गरी उचित जानकारी दिने उदेश्यका साथ सञ्चालन गरिएको बताइएको छ । स्वास्थ्य चौकी इन्चार्जका अनुसार वडाभित्रका १८ वटै टोलविकास संस्थाको बैठक भएका दिन स्वास्थ्यकर्मी बैठकस्थलमै पुगेर परीक्षण गरिने योजना बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker