एम्नेष्टी समूह २७ लमजुङद्धारा राइट फर राइटस अभियान अन्तर्गत ८ हजार हस्ताक्षर संकलन

गोरखा संसार
पौैष ६, लमजुङ ।
लम्जुङको सुन्दरबजारमा कार्यरत एम्नेष्टी इन्टरनेशनल समूह २७ ले पनि राइट फर राइटस अभियान अन्तर्गत ८ हजरा हस्ताक्षर संकलन गरकोे छ । बिश्व मानव अधिकार दिवस डिसेम्बर १० देखि शुरु गरिएको सो अभियान अन्तर्गत पौष २ गते समूहका संयोजक दिपक पौडेलको उपस्थितिमा विद्याज्योति मा.वि सुन्दरबजार ५, तार्कु खहरेमा हस्ताक्षर संकलन कार्य अघि बढाएको छ । सो अभियानमा उक्त विद्यालयका कक्षा ८ देखि १२ सम्मका ३ सय ५० भन्द बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं एम्नेष्टी समूह २७ का सल्लाहाकार सूर्य बहादुर के.सी. समूह २७ का सदस्यहरु निर्मल के.सी, सदस्य विनोद खनिया, र विद्याज्योति मा.वि. का शिक्षकहरुरु पशुपति न्यौपाने राजु अधिकारी, रमाकान्त ढुंगाना, निर्माल गौली, हस्त बहादुर गुरुङ लगायतकाको उपस्थिति रहेको थियो । समूहका सदस्य ध्रुव खनियाले संस्कृति सदन मा.वि.मा हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको थियो । त्यस्तै गरी सर्वोदय मा.वि.दूराडाँडामा दिनेश अधिकारी र लालीगुराँस बोर्डिङ स्कूल सुन्दरबजार मा देवी प्रसाद अधिकारी, कृषि क्याम्पपस गेट सुन्दरबजार मा गोपीचन्द्र अधिकारी र विर बहादुर कुमालले अभियान सञ्चालन गरेका थिए ।
यस अघि नै लमजुङको आदर्श बाल मा.वि. लगायतका विभिन्न स्थानहरुमा सञ्चलनन गरिसकेको छ भने समूहले फ्युचर स्टार मा.वि. लगायत अन्य केही विद्यालयहरुमा समेत पुगेर अभियानको महत्वका बारेमा बुझाउने र ८ हजार भन्दा बढी हस्ताक्षर संकलन गरिसकेको र संकलित हस्ताक्षर एम्नेष्टी नेपालको कार्यालयमा पठाउने तयारी गरिरहेको समेत संयोजक पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker