आधारभूत तहका अंग्रेजी शिक्षकहरुका लागी १० दिने आधारभूत तालिम सम्पन्न

गोरखा संसार
पौष १, गोरखा ।
शिक्षा तालिम केन्द्र दमौलीको आयोजनामा आधारभूत तहका अंग्रेजी शिक्षकहरुका लागी १० दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
शिक्षा तालिम केन्द्र दमौलीमा मंसीर २२ गतेदेखि सञ्चालन भएको तालिममा गोरखा, तनहूँ, लमजुङ, मनाङ र नवलपरासी सूस्तापूर्वका गरी ५ जिल्लाका आधारभूत तह (कक्षा ६—८) का २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिम केन्द्र दमौलीका प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा समापन समारोह सम्पन्न भएको थियो । समापन समारोह कार्यक्रममा बोल्दै प्रमुख रानाभाटले शिक्षकहरुका लागी यस तालिममले महत्वपूर्ण योगदान हुने र पेशागत विकासमा समेत क्षमता अभिबृद्धि हुने बताउनुभयो । क्रमशः विषयगत रुपमा स्थायी शिक्षकहरुका लागी तालिम सञ्चालन गर्दै जाने र आगामी दिनमा सूूचना प्रविधी सहितको मोड्युलका कार्यक्रम सञ्चालन गरिने समेत उहाँले बताउनुभभयो । सोही अवसरमा सहभागीका तर्फबाट राम वि.क, कविता चौधरी र रविन्द्र कंडेलले आफ्नो अनुभूति मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तालिम केन्द्रकी शाखा अधिकृत अनिषा यादवले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सहभागीहरुले आफूले तालिममा सिकेका कुरालाई कक्षाकोठामा प्रतिविम्बन गरी नतिजा सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रम सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको बार्षिक कार्यक्रम बमोजिम आयोजना गरिएको हो । कार्यक्रममा प्रशिक्षकहरु अनिषा यादव, रामचन्द्र पोख्रेल, बसन्त कंडेल, दयाराज भट्ट, लक्ष्मण आचार्य लगायतकाले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker