मनकामना माई बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न ।।

 

आँबुखैरेनी, २९ मंसिर ।

मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आँबुखैरेनी–३, तनहुँको १३ औं बार्षिक साधारण शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा नेपाल बहुउद्देश्यीय सहकारी संघका केन्द्रिय अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो । माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेण्टमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष भगवानदास मल्लले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा २ करोड उन्नाइस लाख १८ हजार २ सय रुपैंया शेयर पूँजी रहेको सहकारीले आर्थिक वर्ष ०७५÷०७६ मा १ करोड ३० लाख ५७ हजार ४ सय ३९ रुपैंया ४७ पैंसा मुनाफा गर्न सफल भएको छ । त्यस्तै, ०७६ असार मसान्त सम्म सहकारीको कूल निक्षेप ३० करोड ३८ लाख ३७ हजार ४ सय ९४ रुपैंया ५४ पैंसा र कर्जा लगानी २७ करोड ३० लाख ७७ हजार २ सय ८ रुपैंया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सहकारीले साधारण सभा कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यलाई सम्मान गरेको छ । यसैगरी, कला, साहित्य मार्फत आँबुखैरेनीलाई राष्ट्रिय स्तर सम्म पहिचान दिलाउन योगदान पु¥याएको भन्दै आँबुखैरेनी स्रष्टा समाजलाई सम्मान गरेको सहकारीले जनाएको छ । त्यस्तै, २०७५ सालको एसइइमा शेयर सदस्यका परिवारबाट उत्कृष्ट अंक ल्याउने मस्र्याङ्गदी बाल ज्योती आवाशिय माध्यमिक विद्यालय र राम शाह माध्यमिक विद्यालयका १/१ जना विद्यार्थी तथा राम शाह माध्यमिक विद्यालय आँबुखैरेनी, मित्रता माध्यमिक विद्यालय सत्रसय, अकला आधारभूत विद्यालय मार्किचोक र अन्नपूर्ण आधारभूत विद्यालय ढकालटारमा अध्ययन गर्ने अल्पसंख्यक तथा पिछडिएको समुदायका असल तथा जेहेन्दार ८ जना विद्यार्थीलाई सम्मान गरिएको सहकारीका सचिव उपेन्द्र देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker