प्रहरीले हिउँ हटायो

प्रहरीले हिउँ हटायो
मनाङ, २९ मंसीर । मनाङको जिल्ला सदरमुकाम चामे लगायतका स्थानमा परेको हिउँ आज जिल्ला प्रहरी कार्यालय मनाङको अगुवाईमा हटाइएको छ । प्रहरी नायव उपरिक्षक टीका बहादुर कार्कीको कमाण्डमा ३५ जना प्रहरीकाके टोली, स्थानीय गाउँलेहरु खटिएर हिउँ हटाएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ ।
हिउँ हटाएपछि चामे हुँदै तिमाङ, मनाङ, खाङ्सारसम्म पैदल हिँड्न र सवारी आवातजावत गर्न सजिलो भएको छ । खाङ्सार देखि माथि अत्यधिक हिउँ परेका कारण मानिसहरुको आउजाउ रोकिएको मनाङ प्रहरीले बताएको छ । यो बाटो हुँदै सिजनमा तिलिचो ताल, थोरङ्लापास जाने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker