किराँती(कोँइच सौन्दर्यशास्त्र थेःनिको रूपरेखा

नेपालमा पाइने आदि९मूल०वासीहरूको मौलिक रैथाने सौन्दर्यशास्त्र (indigenous aesthetics) हरूमध्ये किराँती–कोँइच ९सुनुवार० को सौन्दर्यशास्त्र थेःनी पनि एक सीमान्त सौन्दर्य हो । यस अनुसन्धनात्मक आलेखले मूलतः राष्ट्र निर्माता पृथिवी नारायण शाहले फत्ते गरेको ओल्लो किरात भूमिका मूल वासिन्दा किराँती–कोँइचको थेःनि शौन्दर्यशास्त्रलाई रूपरेखात्मकरूपमा परिचयात्मक, अवधारणात्मक र केही उदाहरणसहित सिर्जनात्मक संरचना, सिद्धान्त एवं वर्गीकरणलाई पाठक सामु प्रस्तुत गर्ने प्रयत्न गरेको छ ।

किराँती–कोँइचमा मूलतः बोन संहिताको अवशेषलाई मुन्दुम साहित्यको रुपमा पोँइबो ९श्र पोँइब०, ग्यामी ९श्र ग्याम० र न्हाःसो ९नाॽसो० हरूले गुरु–चेला परम्परापरा अन्तर्गत श्रुतिस्मृतिको रुपमा वाचन गर्ने वा फलाक्ने मन्त्र बाहेकको मुन्दुमी लोक–साहित्य नै थेःनि हो । साधारणतया किराँती–कोँइच लोक बुझाइमा कुनै पनि एउटा टेकौनी टेकेर मनका भावना मिलाएर लयवद्धरुपमा अभिव्यक्त गरिने काव्य कला नै थेःनि हो । थेःनिको मुख्य श्रोतचाहिँ मुन्दुम हो । मुन्दुमकै परिधिभित्र रहेर गरिने श्याँदर पिदार ९प्रकृतिरभूमि पूजा० पनि थेःनिको अर्को अटूट श्रोत हो । थेःनि शब्दको व्युत्पत्ति किराँती–कोँइच राष्ट्र मातृभाषाको क्रिया शब्द थेःचाबाट भएको छ । यस मातृभाषामा कुनै पनि अर्थपूर्ण धातु क्रिया रुपिम धातु जस्तैः रना–र सँग र–चार जोड्दा नाःचा ‘चपाउनु’ भएझैं कोल्ंचा ‘हुर्कनु’, साइच्ंचा ‘मार्नु’ अर्थ लाग्दछ । यसरी नै थेःचा ९थंएंआंचंआ० शब्दको शाब्दिक अर्थ ‘टेक्नु’ हो । अतः थेःचा क्रियालाई नाम पदमा रुपान्तरण गर्दा थेःनी हुन्छ—जसको सामान्य अर्थ ‘टेकौनी’ तथा विशिष्ट अर्थ ‘रैथाने काव्य विशेष’ हुन्छ । संरचनागतरुपमा थेःनि सिद्धान्तसँगै थेँका र थेँकास सिद्धान्त हुन्छन् । यसको वर्गीकरण कालको वृहत्तर आधारमा प्राचीन र अर्वाचीन ऐतिहासिकसँगै प्रयोजनको आधारमा गायन तथा वाद्यवाधनमा आधारित हुन्छ । विश्व तथा नेपालको आदि९मूल०वासी जागरणको नवीन खोजले पुनःअन्वेषण वा रिडिस्कभर ९चभमष्कअयखभच० गरेको यस्तो रैथाने सौन्दर्यशास्त्र देशको विषम राजनैतिक, एकल नीतिगत वेथीति तथा मनोवैज्ञानिक दर्दले गर्दा कतिपय लोप नै भई सकेको छ भने बाँकी भएको पनि लोपोन्मुख अवस्थामा पुगेकोररहेको अवस्था छ ।

ऐतिहासिक पृष्ठभूमि

किराँती–कोँइच थेःनि किराँती–कोँइच भाषा ९हेर्नू परिशिष्ट १ किराँती भाषाहरूको वंशवृक्ष० मा सृजना गरिने मातृभाषाको लोक साहित्य हो । थेःनि विधा धेरै लामो कालखण्डसम्म आदि९मूल०वासीहरूको अदेखा लोक साहित्यको रुपमै बेखबर बाँच्यो । कवि तथा अनुसन्धाता अतीत मुखिया ९स। २०७०० ले आदिवासी सौन्दर्यशास्त्रः किराँती–कोँइच ९सुनुवार० थेःनिको एक सैद्धान्तिक अध्ययन शीर्षकको अनुसन्धनात्मक कृति किरातविज्ञान अध्ययन संस्थान ९रिक०, काठमाडौंले प्रकाशनमा ल्याएपछि मात्रै यस अदेखा आदि९मूल०वासी लोक सौन्दर्यले वौद्धिक वहसको नवीन अध्याय शुरु गरेको छ ।
डा। धनप्रसाद सुवेदी ९स। २०७३स् २५–३३० ले किराँती सौन्दर्यशास्त्रका बारेमा वौद्धिक वहस स। २०५२ पछि उठेको र यसको जस गोपाल किरातीलाई दिएका छन् । उनी, भूपाल र भोगीराज चाम्लिङले संयुक्त लेखनमा ई। २०१० मा किरात एकेडेमी नेपालको लागि किराती सौन्दर्यशास्त्रको अवधारणा तयार पारेको बताएका छन् । यसरी नै ई। २०११ मा डा। हर्क गुरुङ मेमोरियल प्रवचन श्रृङ्खला–४४ अन्तर्गत ‘संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माणमा आदिवासी सौन्दर्यशास्त्र’ शीर्षकमा सातोआकी भवन, ललितपुरमा डा। लाल–श्याँकारेलु रापचाले आफ्नो कार्यपत्र प्रस्तुत गरेको भेटिएको छ । युगयुगान्तर वौद्धिक वहसमा नआए पनि ऐतिहासिकरुपले ओइरात हुँदै किरात र किरातबाट किराती ९हेर्नू रापचा स। २०७५, ई। २००९ र रापचा र अरु ई। २००८० बनाइएका यस महाजाति र महाभाषिक समूहले प्राग–ऐतिहासिक कालखण्डदेखि नै आफ्नो आदि९मूल०वासी सौन्दर्यलाई जीवन्त राख्ने प्रयत्न गरेको पाइन्छ ।

यस्तो सौन्दर्यको मूल स्रोत भनेकै लोक–जीवन हो भने उनीहरूको लोक–जीवनको आधार मन्दुम नै हो । भाषिक समूहको वक्तासँगै मन्दुम शब्दको ध्वनीवैज्ञानिक तथा हिज्जेमा तीनै किरात भूमिमा केही अन्तर पाइन्छ । सो मुन्दुमलाई छोटकरीमा रेखात्मकरुपले बुझ्नको लागि तल रेखा चित्र नं। १ मा वर्गीकरणसहित प्रस्तुत गरिएको छ ।

रेखा चित्र नं। १स् सम्पूर्ण किराँती भाषिक–साँस्कृतिक समूहको केन्द्रविन्दु मुन्दुम

९हेर्नू रापचा जहींतहीं र अतीत मुखिया ई। २०१३स् १६ मा पनि उद्धृत०

आजसम्म पनि प्रायःजसो अलिखित मुन्दुम नै उनीहरूको सौन्दर्य उद्भवको विन्दु हो—जसलाई भ्याम्पाएर ९खबmउष्चभ० राज्यको कुनीतिले किनारा वा पाखा लगाएको थियो र अझै कोँइचवान, ओल्लो किरातको रगन पाखातिरै किनारीकृत छ । भनौं सीमान्तमा धकेलिएको छ—छेदविच्छेद रुपमा । त्यसैगरी माझ किरात खम्बुवान र पल्लो किरात लिम्बूवान ९हेर्नू परिशिष्ट १ भाषावंश वृक्ष० भूमिमा विलुप्त अवस्थामा पाइन्छ । यस संक्षिप्त परिचयात्मक लेखमा भने कोँइचवान, ओल्लो किरातमा विलाउँदै गरेको त्यस्तो सीमान्त विशिष्ट मौलिक सौन्दर्यको खोजी गरिनेछ—सैद्धान्तिक तथा संरचनागत रुपमा ।
सैद्धान्तिक संरचनाको दृष्टिकोणबाट विश्लेषण गर्दा थेःनि अध्ययन थेँका र थेँकास सिद्धान्तसँग सम्वद्ध छ । प्राचीनतम कोँइच थेःनिको स्रोत माथि रेखा चित्र नं। १ मा देखाइए जस्तै आफ्नो पुर्ख्यौली थातथलोको मिथकसँग पनि सम्वद्ध छ । यसरी थेःनि सौन्दर्यलाई सैद्धान्तिक संरचना, सैद्धान्तिक तत्त्व र सैद्धान्तिक सौन्दर्यको आधारमा यहाँ मुनिको बाकस चित्र नं। १ मा प्रस्तुत गरिएको छ ।
बाकस चित्र नं। १स् सैद्धान्तिक थेःनि सौन्दर्य

थेःनिको सैद्धान्तिक संरचनाः थेँका
बिना अनुप्रासको थेःनिको मिथकीय रहनी सिद्धान्ततः थेँस्का हो । जस्तैः “हा हा हाँसल हाँसल ९जस्तैः ।।१।।० ।।।, सेकि सेकि सेलेले ।।।, सेलेल सेलेल सेलेल ।।।, होपा शेरेरे नुनु तुइ तुइ ।।।, जाकेन जाकेन जाकेन ।।।, बकेन बकेन बकेन ।।।, खुये खुये खये ९जस्तैः ।।२।।०।।।, कोङ कोरोरो फोल फोल ।।।, हे हे नकदलि हे हे।।।” जस्ता अनिर्णित उप–वाक्य वा अनुकरणात्मक उप–वाक्य पर्दछन् । थेँकाले प्रायः कुनै न कुनै मिथकको प्रतिनिधित्व गरेकै हुन्छ र गरेकै पर्दछ ।
यहाँ उल्लिखित हाँसल शब्द हामसलको रमर ध्वनीको नासिक्यकरण ९लबकबष्शिबतष्यल० प्रक्रियाबाट बनेको छ । कोँइच मुन्दुमी शब्द ।।।नामसल।।। शब्दले लामो समय प्रत्यक्ष सूर्यको किरण पर्नु अर्थात् खडेरी भन्ने बुझाउँछ भने ।।।हामसल।।। को अर्थ वादल लागेर पानी पर्दा देखिने उज्यालो अर्थात् प्रत्यक्ष सूर्यको किरण नभएर वादलले सूर्यलाई ढाकेर पानी पर्दाको अवस्थामा देखिने प्रकाश वा झरीको उज्यालो अर्थलाई जनाउँदछ ।
उनीहरूको मुन्दुममा ‘ढुकुर’ सम्वन्धी मिथकमा ।।।होमाचिरिको मिथक निकै प्रख्यात रहेको पाइन्छ । ।।।होमाचिरि।।। लाई समुदायमा सह कि देवीका रूपमा पनि पुजिआएको पाइन्छ । लोक विश्वासमा मौसम अनुसारको विभिन्न प्रकारका अन्नको खेति गर्न होमाचिरीकै माध्यमबाट सिकेको हुँदा यसलाई सहको देवीका रूपमा अंगिकार गरेको पाइन्छ । ।।।नामसल।।। अर्थात् ‘खडेरी’ मात्र लागेमा बाली–नाली नहुने हुँदा सालिवा श्याँदर पिदार ‘उभौली प्रकृति पूजा’ मा ।।।हामसल।।। अर्थात् ‘झरी’ उज्यालोको कामना गर्दै सुरूमा पारमोसिरी पिदार ‘भूमि पूजा’ तथा वाश पिदार ‘इन्द्रेणी पूजा’ गरेर सरिङमुइली, दुमामुइली र जत्नमुइलीहरूलाई पानी पारिदिने कामना गर्दछन् ।
यसैले श्याँदर पिदारमा मूल श्याँदर ग्योरको पूजा सकेपछि गुँइदुवा ‘ढोल’ बजाउदै ।।।हा हा हाँसल हाँसल।।। ९जस्तैः ।।१।।० भन्दै झरीको माग गरिने एवं अतिवृष्टि भएमा चाहिँ ।।।हा हा नाम्सल नाम्सल।।। भनेर सफा मौसमको कामना गरिन्छ । जस्तैः

।।१।। भावानुवाद
थरिकुटि जाॽतक कुलकुटुम्ब आयौं
सुरोगासो चाअॽतक सह बोकि ल्यायौं
खट्टेचिरो पितेने खट्टेचिरो ल्याउनुहोस्
पिदार शाँम रिङिने पिदारको जाँड चढाउनुहोस्
हा हा हाँसल हाँसल ।। हा हा हाँसल हाँसल ।।

।।२।। भावानुवाद
हाँसल तामसल पाँइतक खुशी रउसमा रमायौं
कोँइचके मुलकेम कोँइतक कोँइचको संस्कृति देखायौं
शाँबु रितेक खेमेरे जाँड चढाउने खेमेरे ९काठको सानो आरी०
सुरो चोअॽचा तेमेरे सह थुन्ने कतातिर
खुए खुए खुए ।। खुए खुए खुए ।। ९मुखिया स। २०७०स् २६०
जातीय श्याँदर पिदार अन्तर्गत प्रकृति पूजामा गाउँ घुम्दै सुरो चोॽचा ‘सह बाँड्ने’ क्रममा नाच्दै गाइने थेःनिहरूमा भने ।।। हा हा हाँसल हाँसल ९जस्तैः ।।१।।०, खुये खुये खुये ९जस्तैः ।।२।।० ।।। आदि जस्ता थेँका प्रयोग भएका थेःनि गाउँदै गुँइदुवा ‘ढोल’ र ग्लुल्मा ‘झ्याम्टा’ बजाएर नाच्ने गरेको पाइन्छ ।

थेःनिको सैद्धान्तिक संरचनाः थेँकास
अनुप्राशयुक्त पदरचरण हुनु नै थेँकास ९जस्तैः ।।३।।० को मूलभूत सिद्धान्त हो । कतै कतै थेँकासलाई ल्काँइदास ‘उखान तुक्का’ को रूपमा पनि लिने गरिएको हुँदा अपूर्ण थेःनिको संज्ञा पनि दिन सकिने हुन्छ । थेँकास आफैंमा अनुप्राशयुक्त हुनु पर्ने हुँदा थेँका जस्तो अनिर्णित वाक्यका रूपमा नभई निर्णित वाक्यका रूपमा आफैंमा अर्थपूर्ण रहेको हुन्छ । थेँकास मात्र सुन्दा पनि यसले प्रतिनिधित्व गरेको मिथक संक्षेपमा बुझन सकिन्छ ।
।।३।। भावानुवाद
किप्शुरम् ताब मनिचा पटुकामा सातु नमुछ्नु
निस्ङामेरे ग्लाँग्लाँ मदिचा मुछेपछि नघिनाउनु ।।
।।।।।।।।।।।।।।।।।। ।।।।।।।।।।।।।।।।।।।।
पुलुम् ’मि पुम्ब खरानीले आगो छोप्छ
गुनेम् मुने सुम्ब फरियाले लाज छोप्छ ।। ९पूर्ववत् पानास् २७०
यहाँ प्रकरण ।।३।। मा उल्लिखित पहिलो अनुप्राशयुक्त थेँकासहरू मनिचा र मदिचा हुन् । साथै दोश्रो थेँकास पुम्ब र सुम्ब हुन् । लोक जनजिब्रोमा प्रचलित केही पुराना थेःनिहरूको संरचना हेर्दा विम्व र प्रतीकका रूपमा प्रयोग भएका शैलीयुक्त अनुप्रासले कम्तिमा दुई पद वा सोभन्दा बढी पदीय शैलीमा रही अक्सर दुई पदीय थेँकासले जिज्ञासाको समाधान गरिएको पाइन्छ । थेँकासरक्लाँइदास ‘तुक्का’ का रूपमा अत्यधिक प्रयोग हुने गरेको पाइन्छ भने थेँका केवल थेःनिको रहनीका रूपमा मात्र प्रयोग भएको पाइन्छ । त्यसैले थेँका थेःनि गाउँदा वा फलाक्दा प्रायः दोहरिन्छ भने थेँकास दोहोरिन्न । त्यस्तो सम्भाव्यतालाई हेर्दा साविक समयमा सबै थेँकास पूर्ण थेःनि नै रहेरभएको अनुमान लगाउन सकिन्छ । लामो कालखण्डको अन्तरालका कारण श्रुति र स्मृतिको क्रममा थेःनिको स्वरूप जनमानसको स्मृतिमा क्षयीकरण हुँदै केवल थेँकास मात्र रहन पुगेको हुन सक्ने मुखिया ९पूर्ववत्० ले अनुमान लगाएका छन् ।
किराँती–कोँइच वक्ता र स्रष्टाहरूले आप्mनो मानवीय परिवेशलाई सैद्धान्तिक रुपमा थोरै भनेर धेरै बुझाउने मुन्दुमसँग जोडिएको प्राचीनतम लोक साहित्य विधा नै थेःनि हो । जस्तैः

।।४।। भावानुवाद
इ ख्ली मदेङ चार्नुक मदेङ तेरो गुहु भनिन मुत भनिन
थुँ कोप्शा थुकुम खोल्तन मन ओढाएर काखमा लडाएँ
श्येत पश्या एँ ओमो चोल्तन दुःख गरेर यत्रो ठुलो बनाएँ
कोल्ते दोम्ते, हुर्किस् बढिस्
सपु लाम्ते ।। नाइटो फरफरायो ।। ९पूर्ववत् पाना २८–२९०
प्रस्तुत थेःनि ।।४।। मा एउटी आमाको आफ्ना छोरारछोरीले भनेको नटेरी दुःख दिंदा दिक्क मानेर भनिएको उद्गार समेटिएको छ । थेःनिको भावार्थमा ‘नाइटो फरफरायो’ भन्नुको तात्पर्य बैंस चढेर आमालाई नटेरेको भावव्यक्त रहेको पाइनुका साथै थेःनिको अघिल्लो तीन हरफमा रहेका जिज्ञासारूपी समस्याको समाधान अन्तिम हरफको थेँकामा आएर समाधान हुन्छ ।

थेःनिको सैद्धान्तिक तत्व
बाकस चित्र नं। १ मा देखाए अनुसार थेःनिको आप्mनै नौ सैद्धान्तिक तत्वहरू जस्तैः अन्त्यानुप्रास युक्त, विम्व प्रयोग, प्रहेलिका, दर्शनविचारको वकालती, अनिवार्य सौन्दर्य, लोक अलंकारिता, अक्षर–गणितीय व्याकरण मुक्त, विषयवस्तु एक विम्व–प्रतीक अनेक र कम्तिमा पनि एक मिथक छन् । ती सबै तत्वहरूको उदाहरण सहित व्याख्या, तुलना, विश्लेषण, संश्लेषण, ज्ञान, रस्वादन आदि प्राविधिक कारणवश यो लेखलाई परिचयात्मक रूपरेखामा मात्रै सीमित गरिएको छ ।

थेःनिको सैद्धान्तिक सौन्दर्य
उल्लिखित चित्र अनुसार नै थेःनिको मूलतः चार सैद्धान्तिक सौन्दर्यहरू जस्तैः शास्त्रीय, सादृश्य, पारदर्शी र श्रृंगारिक–यौन सौन्दर्य छन् । यसको विस्तृत विश्लेषणलाई पनि प्राविधिक कारणले गर्दा नै यतिकैमा सीमित गरिएको छ ।

थेःनिको सैद्धान्तिक वर्गीकरण
संरचनाको दृष्टिले थेःनिभित्र थेँका र थेँस्कासको प्रयोग बारे सामान्य विश्लेषणात्मक जानकारी अघि नै गरिसकिएको छ । ऐतिहासिक कालखन्ड र प्रयोजनका दृष्टिले सिद्धान्ततः थेःनि प्राचीन मक्दुमी, साँस्कृतिक, संस्कारिक ९जन्म तथा विवाह०, ऐतिहासिक, लोक दोहोरी, आधुनिक, उत्तरआधुनिक, गायनका आधारमा, वाद्यवादनका आधारमा र वाल गरी आठ प्रकारको पाइएको छ ।

चित्र नं। २स् काल तथा प्रयोजनका आधारमा थेःनिको सैद्धान्तिक वर्गीकरण

आदि९मूल०वासीका मौलिक लोक साहित्य विधाको दृष्टिले यी आठै प्रकारका थेःनिहरू दर्शक, पाठक तथा अनुसन्धातावर्गका लागि कुमारी सीमान्त सौन्दर्य हुन् । अघि भनेकै प्राविधिक कारणले यिनको भाष्यलाई पनि यतिमै सीमित गरिएको छ ।

अन्त्यमा
आजसम्म सिङ्गो तथा बह९ल० नेपाली भाषा–साहित्य जगतमा मूलधारका पाठक तथा अनुसन्धातावर्गले रस्वादन गर्न नपाएको थेःनि किराँती–कोँइच लोक साहित्यको एक यस्तो विधा हो—जसले विषयवस्तुको सन्दर्भ मिलाई एउटा हाँगो टेकेर अर्को हाँगो समाउदै तेस्रो हाँगोको पूmल टिप्ने सामथ्र्य राख्दछ । यो नै थेस्निमा पाइने सैद्धान्तिक सौन्दर्य हो । थेःनिमा आङ्खनै मौलिक परिवेश हुन्छ, मौलिक संस्कार र संस्कृतिको दर्शन हुन्छ—जुन थेःनिको अर्को सौन्दर्य हो । थेःनि सुनाउनेलाई सुनाउनुको आफ्नै मजा, सुन्नेलाई आमोद–प्रमोदको मजा, छोटो उक्तिमा सिङ्गै दर्शन अटाउन सकिने कुनै आदि९मूल०वासी जाति विशेष किराँती–कोँइच ९सुनुवार० मा लुकेर रहेको एक मौलिक विधा हो—जो लोकोक्तिका श्रृंगारले सौन्दर्यपूर्ण हुन्छ । यसर्थ, सिमान्तमा धकेलिएको कुमारी सौन्दर्य थेःनि विधा मुक्तक, हाइकु, तान्का, सेनेरियो, चोका, सायरी जस्ता विधाहरू भन्दा पृथक हाम्रै माटोको सौन्दर्यले भरिपूर्ण एउटा मौलिक विधा हो । तथापि, लोपोन्मुख अवस्थामा छ । वृहत् खोज जगेर्ना तथा प्रवद्र्धन हुनु नितान्तै आवश्यक छ । मौलिक जातिनाम किराँती–कोँइच भएको यस जातिलाई वाहिरियाहरूले ‘सुनुवार’ भन्ने र त्यस ‘सुनुवार’ शब्दलाई प्रशासन, पत्रकार र कतिपय लेखकवर्गले ज्ञान हिंसा ९भउष्कतझष्अ खष्यभिलअभ० गर्दै ‘सुनार’ ९अछुत हिन्दु जातरसुनको पेशा विशेष० मा लगेर सेलाइदिनाले मनोवैज्ञानिक पीडाका कारण लोपोन्मुख अवस्थामा पुर्‍याइएको पाइएको छ ।

परिशिष्ट १स् पूर्वी नेपालका बहु९ल० किराँती भाषाहरूको वंशवृक्ष

 

 

 डा. लाल–श्याँकारेलु रापचा
हुम्बोल्ट फेला तथा नेट जिओ अनुसन्धाता
किराँतविज्ञान अध्ययन संस्थान                                                                                     kiranti.rapachalal@gmail.com ,                                                                                                 mobile: 9851122208

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker