पालुङटामा जिल्लाकै उत्कृष्ट रङ्गशाला बन्दै

राजेश पाैडेल, गोरखा ।

मंसीर २५

पालुङटार नगरपालिकामा गोरखा जिल्लाकै उत्कृष्ट रङ्गशाला वन्नेभएको छ । पालुङटार नगरपालिका वडा नं. ५ मा रहेको थोत्राडीमा सुविदा सम्पन्न रङ्गशाला वन्नेभएको हो । आार्थिक वर्ष २०७६÷०७७ को प्रदेश सरकारको ससर्त अनुदानलागतमा रङ्गशाला निर्माणका लागि बोलपत्र आवहान गरिएको पालुङटार नगरपालिकाका ईञ्जिनियर अनुप देवकोटाले जानकारी दिनुभयो । भुकम्प अगाडी स्थानिय प्राथमिक विद्यालयको ८० रापनी क्षेत्रफलमा फैलीएको जग्गामा रङ्गशाला निर्माण गरिने ईञ्जिनियर देवकोटाले जानकारी दिनुभयो । ईञ्जिनियर देवकोटाका अनुसार रङ्गशालामा सुविदा सम्पन्न भि.आई.पि. कक्ष. सुविधा सम्पन्न पार्कीङ, आकर्षक गाडेन लगायतका आकर्षक र सुविदा सम्पन्न संरचनाहरु बन्नेछन् । निर्माण सम्पुर्ण संरचना सुविदा सम्पन्न हुने गोरखा जिल्लामा अहिले सम्म पालुङटारमा बन्नलागेको जस्तो सुविदा सम्पन्न रङ्गशाला नभएकाले जिल्लाकै नमुना र सुविदा सम्पन्न रङ्गशाला बन्ने छ ।
पालुङटार नगरपालिकाको नगरसभाले पास गरेको रङ्गशाला निर्माणको लागि प्रदेश सरकारले आार्थिक वर्ष २०७६/०७७ का लागि १ करोड ५० लाख रुपैया रकम विनियोजन गरेकोले यस वर्ष निर्माणको काम सुरु गरिने ईञ्जिनियर देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७१ करोड ५० लाख रुपैया रकमको काम सुरु भए पनि करिव तीन वर्षमा निर्माण समपन्न हुने ईञ्जिनियर देवकोटाले विस्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker