फुटबल समर्थकलाई प्रहरीद्वारा लाठीचार्ज पत्रकार पनि कुटिए

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद भइरहेको मुख्य स्थान दशरथ रंगशालामा फुटबल समर्थकहरु प्रहरीबाट कुटिएका छन् । आज नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल फ्यानहरुमाथि प्रहरीले लाठी वर्षाएको हो ।

आज पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानको खेलपछि सागको समापन समारोह हुँदैछ । त्यसैकोटिकट लिन फ्यानहरु रंगशाला पुगेको भए पनि सबै टिकट बिक्री भइसकेको थियो । टिकट नपाएपछि फ्यानहरुले होहल्ला गरेका थिए । यह भीडलाई हटाउने क्रममा प्रहरीले फ्यानलाई कुटेको हो । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत प्रहरीले दुर्व्यवहार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker