बिश्व कै कान्छी प्रधानमन्त्री

फिनल्याण्ड : फिनल्याण्डमा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको छ ।

जहाँ वाम समाजवादी पार्टीले पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको छ । र सोही गठबन्धनबाटै प्रधानमन्त्री पदका लागि चयन भएकी छन् महिला नेता सन्ना मरिन । सन्ना अन्टी रिन्ने नेतृत्वको सरकारको यातायात मन्त्री पनि हुन् ।

अन्टी रिन्नेले राजीनामा घोषणा गरेपछि फिनल्याण्डमा आगामी साता नयाँ प्रधानमन्त्री चयन हुनेछ । यसका लागि ३४ वर्षीया सन्ना प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । र उनी विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री बन्नेछिन् ।

‘विश्वास पाउनका लागि हाम्रा सामु प्रसस्त काम छन्,’ मरिनले पत्रकारहरुसँग भनिन् । न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्दा अर्डेन ३९ वर्षीया हुन् । यस्तै युक्रेनीयन प्रधानमन्त्री ओलिक्सी होन्चरुक ३५ वर्षीय हुन् । यस्तै फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गर्ने मरिन सबैभन्दा कान्छी प्रधानमन्त्री हुनेछिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker