खाजा खाने पैसा जोगाएर ने.वि.सघ पालुड्टारले गर्यो उत्कृष्ट काम गरिव जेहेन्दार विधार्थीलाई पोषक वितरण

मंसिर 23 , गोरखा नेपाल ||
आज नेपाल विधार्थी संघ पालुड्टार नगर कमिटिले निकै उदरणिय कार्य गरेको छ |  ” राष्ट्रियता , लोकतन्त्रता , समाजवाद र विधार्थी एकता हाम्रो आदर्शहरु ” भन्ने मुल नारा वनाएर आयोजना गरिएको कार्यक्रम पालुड्टार नगरपालिका वडा न . 6 स्थित कालामाटामा रहेको श्री जन ज्योति आधारभुत विधालयमा गरिव तथा जेहेन्दार विधार्थीहरुलाई विधालय पोशाक वितरण कार्यक्रम गरिएको छ  |

विधार्थीहरुमा पढाईको स्तर अभिवुद्दी , सरकारी विघालयमा विधार्थी संख्या  अभिवृद्दी , विधार्थी शिक्षक  र अभिभावको मित्रता सुदृण जस्ता विषयबस्तु कार्यक्रममा मध्यनजर गरेर अघि वढाईएको थियो |

कार्यक्रममा सभापतित्व नेपाल विधार्थी संघ नगर कमिटि पालुड्टारका सभापति अनिल थपलियाले गर्नु भएको  थियो भने प्रमुख अतिथ्यता नेपाल विधार्थी सघं गोरखाको सभापति सुवास अधिकारीले गर्नु भएको थियो | क्रमश अातिथ्यता ग्रहणमा ने.वि. सघ गोरखाका सचिव मिलन सिहं वस्नेत , ने.वि. सघ गोरखाका प्रवक्ता काजी थापा मगर , विधालयका प्र.अ अर्जुन तिवारी , विधालय व्यवस्थापनका प्रतिनिधी , नेपाली काग्रेसं पालुड्टार नगर कमिटि वडा न. 6 का पाटि वडा अध्यक्ष पुननारायण क्षेष्ठ  , वडा न.4 का नेपाली काग्रेसं वडा सचिव जिवमणि लुईटेल , वडा जन- प्रतिनिधि , ने.वि. सघ जिल्ला सदस्यहरु राजु कोईराला , सुरेन्द्र भट्टराई , ने.का का राजेश मल्ल ,अभिभावक ज्युहरु , विधालय शिक्षक शिक्षिका एवम् विधार्थीहरुको उपस्थिति रहेको थियो | भने कार्यक्रम संचालन कविराज ढकालले गर्नु भएको थियो |

उक्त कार्यक्रमका विच महत्वपुर्ण भनाईहरु व्यक्त गर्दै सबै अतिथी ज्युबाट एउटा राम्रो कार्यको सुरुवात गरियो र भोलिका दिनहरुमा हरेक सामुदायिक विधालयहरुमा यो कार्यक्रम वृहत रुपबाट गर्ने प्रतिवद्दता जनाईएको छ | उक्त कार्यक्रममा क्रमश मिलन सिह वस्नेत , जिव मणि लुईटेल , अर्जुन तिवारी , ललित कुमार गुरुग , सुवास  अधिकारी र अनिल थपलियाले आफ्नो महत्वपुर्ण भनाईहरु व्यक्त गर्नु भएको थियो |

आफुले खाजा खाने पैसा बचाएर गरिव जेहेन्दार विधार्थीलाई विधालय पोशाक वितरण गरिएको थियो |  जसमा पढाईमा टाठा र पारिवारिक अवस्था कमजोर भएका विधार्थीलाई विशेष प्राथमिकता दिईएको थियो | 8 जोर विधालय पोशाक सिलाएर तयार गरेर विधार्थीलाई प्रदान गरिएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker