बिद्यार्थी माथि प्रहरीले गोलि बर्साउदा कोहलपुर तनाबग्रस्त, ३ बजेबाट कर्फ्यु आदेश जारी

कोहलपुर – ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

एक स्कुले बालिका ट्रकको ठक्करबाट गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको छ। त्रिभुवन उच्च माविमा कक्षा सातमा पढ्ने प्रकृती चन्द ठकुरीलाई उनका पिताले स्कुल पुर्‍याउने क्रममा ट्रकले ठक्कर दिएको थियो।

ट्रकले ब्याक गरेर बालिकालाई किचेको बिद्यार्थी र स्थानीयले देखेपछि ट्रक तोडफोड र आगजनी गरेका थिए। आफ्नी सहपाठीको स्थिती चिन्ताजनक भएपछि विद्यार्थीहरु प्रदर्शनमा ओर्लेका थिए। उनीहरुले ढुङ्गामुढा गर्नुका साथै टायर पनि बालेको स्थानीय पत्रकार चेतकान्त भट्टराईले जानकारी दिएका छन्।

प्रर्दशनमा ओर्लिएका बिद्यार्थीहरुलाई डिएसपी हेम शाहीको नेतृत्वका प्रहरीले लखेटेर विद्यालय हातासम्म पुर्याएको थियो। त्यसक्रममा प्रहरीले प्रधानाध्यापक र शिक्षकहरुलाई नियन्त्रण गरेपछि सबै बिद्यार्थी सडकमा ओर्लिएका थिए। उनीहरुले प्रहरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरसम्म पुर्याएका थिए।

स्थानियहरुले बिद्यार्थीलाई साथ दिएपछि प्रहरीले नेपालगञ्जबाट थप बल मगाएको थियो। प्रहरीको थप बल आएपछि स्थिती झन नतावग्रस्त भएको थियो। बिद्यार्थी माथि प्रहरीले अश्रुग्यास, हवाईफायर र रबरको गोली प्रयोग गरेको छ।

स्कुलको बालबालिकामाथि बर्बरता देखाएको प्रहरीले स्थिती नियन्त्रण लिने नाममा कलिला बालबालिका माथि गोली चलाएर स्थिती झन् तनावग्रस्त बनाएको स्थानीयको आरोप छ।

विरोध प्रर्दशनका क्रममा कैयन बिद्यार्थी, स्थानिय घाईते भएका छन् I केेहि प्रहरी पनि घाइते भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker