निमावि अंग्रेजी शिक्षकहरूका लागी TPD तालिम शुरू

गाेरखा संसार

मंसिर 22, तनहुँ ।

शिक्षा तालिम केन्द्र दमाैलीमा अाधारभूत तह कक्षा ६-८ मा अध्यापनरत शिक्षकहरूका लागी १० दिने तालिम शुरू भएकाे छ । शिक्षा तालिम केन्द्र दमाैलीका शाखा अधिकृत भाेजराज न्याैपानेकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहमा शाखा अधिकृतहरू अनिशा यादव, राजकुमार बिष्ट तथा दामाेदर कार्की लगायतकाले तालिमकाे बारेमा प्रष्ट्याउनुभएकाे थियाे । १० दिनसम्म सञ्चालन हुने उक्त तालिममा गाेरखा, तनहुँ, लमजुङ, मनाङ, नवलपरासी बर्दघाट र सूस्तापूर्वका गरी ५ जिल्लाबाट २३ जना शिक्षकहरू सहभागी छन । तालिममा शाखा अधिकृत अनिशा यादव, लक्ष्मण अाचार्य, बसन्त कंडेल , रामचन्द्र पाेख्रेल, लाल प्रसाद भट्टराई, दयाराज कट्टेल ले सहजीकरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker