माेहियानी हककाे जग्गा प्राप्तिमा सघाउन माेहिकहां पुगे काफ्ले

गाेरखा संसार

मंसीर २१, गाेरखा ।

पालुङटार नगरपालिका वडा नं ६ का ईश्वर नेपालीले अहिले ५२ राेपनी खेत राेप्नुभएकाे छ । उहाँको हजुरबुवाले राेप्दै अाएकाे खेत माेहीकाे रूपमा बन्दिपुरे साहुकाे खेत राेपिरहनुभएकाे हाे । अहिलेसम्म माेहियानी हक अन्तर्गत कत्ति पनि जग्गा पाउनुभएकाे छैन । अाफ्नाे नाममा कत्ति पनि जग्गा नभएका हरि कुमार श्रेष्ठको पनि उही हाे व्यथा । ईश्वर र हरिकुमार जस्तै ६४ जना माेहीले उही बन्दिपुरे साहुकाे खेत राेपिरहेका छन । कतिले बाजेकाे पालादेखि निरन्तर रूपमा त कतिले पहिलेकाे माेहीले छाडेपछि खेती गर्दै अाएका छन । माेहियानी हक अन्तर्गत अाधा जमीन अाफूहरूले पाइन्छ भन्ने सुनेका उनीहरूमध्ये कसैले पनि एक टुक्रासम्म पाएका छैनन । उनीहरूले धेरैबाट थरी थरीका अाश्वासन पाएपनि कसैले ठाेस रूपमा सहयाेग नगरेकाे गुनासाे छ ।भूमि व्यवस्थापन तथा अभिलेख बिभागले २०७६/७/२२ मा माेहि बांडफांड कार्यलाई प्रमाणीकरण गर्न भनी सूचना जारी गरेकाे समेत उनीहरूलाई थाहा छैन । ने क पा का नेता हरि काफ्लेले सूचना सहित जानकारी गराउंदै प्रक्रियामा अघि बढन सहयोग गर्ने उदेश्यका साथ कसेरी फांटमा पुग्दा माेहीहरू निकै खुसी देखिन्थे । बन्दिपुरेकाे खेत भनेर चिनिएको कसेरी फांटमा मात्रै ३ प्रकारका ६४ जना माेही रहेका छन । एकाथरी किसानहरू शुरूदेखि निरन्तर रूपमा खेती गरिरहेका र फिल्डबुकमा समेत नाम कायम भएका छन भने अर्काथरी किसानहरू बाबु बाजे माेही कायम भई खेती गर्ने खालका छन । र एकाथरी चाहीं माेहि अर्को नै भएकाे तर बीचमा छाेडेर खेती गर्दै अाउने खालका छन् । यी सबै खालका किसानहरूको समस्या समाधान गर्न अाफुले पहल गरिरहेकाे र मालपोत कार्यालय र नापी कार्यालय का प्रमुखहरूसंग समन्वय भईरहेकाे पनि काफ्लेले बताउनुभयाेे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker