शिक्षा पूर्वाधारको पनि पूर्वाधार हाे – श्रेष्ठ

गाेरखा संसार

मंसिर २०,गाेरखा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको बताउनुएकाे छ । उहाँले साे कुरा जीवन ज्याेति मा वि पालुङटार नगरपालिका वडा नं ७ काे नवनिर्मित भवनकाे उदघाटन तथा हस्तान्तरण कार्यक्रममा बताउनुभएकाे हाे  । कार्यक्रममा प्रमुख   पालुङटार नगरपालिका का नगर प्रमुख दिपकबाबु कंडेल र उप प्रमुख पम्फा बसेल बिशेष अतिथि काे रूपमा रहनुभएकाे थियाे । स्वागत मन्तब्य विद्यालयका सहायक प्रधानाध्यापक तारा बहादुर कुमालले राख्नुभएकाेे थियाे । कार््यक्रममा   कक्षा  ९ की छात्रा बिबेचना देवकोटा,   निर्माण कम्पनीका ईन्जिनियर निशान अधिकारी, च्याङली काठमाडौं सम्पर्क समाजका रामकुमार श्रेष्ठ, अकला मा वि का प्र अ राजेन्द्र अंगाई, वडा नं ६ का वडाध्यक्ष गाेविन्द बराकाेटी, ने क पा पालुङटार का सचिव अमृत काराखेती, संघीय समाजबादि पालुङटारका अध्यक्ष अशाेक देवकोटा, नेपाली कांग्रेस पालुङटारका सचिव बिमल ढकाल, ‌ने क पा गण्डकी प्रदेश सदस्य जुद्धविलास भण्डारी,जिल्ला अायाेजना कार्यान्वयन ईकाइ गाेरखाका प्रमुख बिष्णु प्रसाद मिश्र, विद्यालयका प्रअ बद्री बहादुर पाण्डे लगायतकाले मन्तब्य राखेका थिए ।

२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा अवस्थित विद्यालयको भवन भूकम्पले पूर्ण ध्वस्त बनाएपछि  विद्यार्थीहरु जस्ताले  छाएको र बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । जसले गर्दा घाम र पानीले पठन–पाठनमा समस्या पार्दै आएको थियो । 

नवनिर्मित भवनको साँचो निर्माण कम्पनीका इञ्जिनियर निशान अधिकारीले पालुङटार नगरपालिकाका नगर प्रमुख दिपकबाबु कँडेललाई र कँडेलले वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

जापान सरकारको ऋण सहयोगमा  केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले करिब ७ करोड ५४ लाख ३५ हजार २ सय २१ लागतको ३ तलाका ३ ब्लक सहितको २४ कोठे नयाँ भवन भव्य समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । नयाँ भवन बालमैत्री, अपाङ्गमैत्री हुनका साथै भवनमा इसिडि कक्षा, कम्प्युटर ल्याव, लाइब्रेरी, किचेन र सोलार प्रणाली जडान गरिएको छ । साथै, अत्याधुनिक शौचालयसमेत निर्माण गरिएको छ । निर्माण कम्पनी एमबि, गौरी पार्वती जेभिले १८ महिनामा भवन निर्माण सम्पन्न गरेको हो ।

नवनिर्मित भवनको साँचो निर्माण कम्पनीका इञ्जिनियर निशान अधिकारीले पालुङटार नगरपालिकाका नगर प्रमुख दिपकबाबु कँडेललाई र कँडेलले वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयमा हाल इसिडि देखि कक्षा १२ सम्म  करीब ९०० विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन हस्तान्तरण  कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्ष्ातामा भएकाे थियाे । कार्यक्रमकाे समापनमा बाेल्दै अध्यक्ष श्रेष्ठले भवन निर्माणमा सहयाेग गर्ने सम्पूर्ण प्रति धन्यवाद प्रकट गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker