विद्यालय हस्तान्तरण कार्यक्रममा नारायणकाजी श्रेष्ठ गोरखा आउँदै

गोरखा संसार
मंसीर १५, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ च्याङ्ली बिरुवाटारमा अवस्थित श्री जीवन ज्योति मा.वि.को भवन हस्तान्तरण कार्यक्रममा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठ आउने कार्यक्रम रहेको छ । २०७२ सालको गोरखा भूकम्पपछि जाइका सरकारको ऋण सहयोगमा गोरखाका धेरै विद्यालयहरु पुननिर्माण भइरहेका छन । सोही अन्तर्गत जीवन ज्योति मा.वि.मा पनि कूूल ७ करोड ५४ लाख ३५ हजार २ सय २१ को लगानीमा २४ कोठाको ३ वटा भवनहरु को निर्माण कार्य सम्पन्न गरी आगामी मंसीर २० गते हस्तान्तरण गर्न लागिएको हो । जापान सरकारको सहयोग निकाय जाइका को आर्थिक सहयोगमा निर्मित सो विद्यालय अपांगमैत्री, बालमैत्री, सहित सौर्य जडित सुविधासमेत रहेको इन्जिनियर निशान अधिकारीले बताउनुभयो । निर्माण शुरु गरेको १८ महिनाभित्रमै विद्यालयको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न लागेको समेत इन्जिनियर अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker