एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाकाे प्रथम जिल्ला परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाकाे प्रथम जिल्ला परिषद सम्पन्न भएकाे छ । संगठनका केन्द्रीय अध्यक्ष डम्बर अधिकारीकाे प्रमुख अातिथ्यतामा सम्पन्न परिषदमा सहभागीहरूलाई गाेरखाका बरिष्ठ उपाध्यक्ष रामकाजी अधिकारीले स्वागत गर्नुभएकाे थियाे । प्रमुख अतिथि अधिकारीले  शैक्षिक क्षेत्रकाे उन्नयनका लागि अाफुहरू सदैव लडिरहने बताउनुभयाे ।  स्वागतका क्रममा बाेल्दै उपाध्यक्ष अधिकारीले  शिक्षकहरूको बढुवा प्रक्रिया गलत भएकाे बताउनुभयाे । संगठनका गाेरखा जिल्ला अध्यक्ष टिकाराम श्रेष्ठको अध्यक्ष्ातामा सम्पन्न परिषदमा नेकपा गाेरखाका इन्चार्ज कृष्ण धिताल बिजय ले विशेष अतिथिकाे रूपमा मन्तब्य राख्नुभएको थियाे । साे अबसरमा उहाँले बर्तमान राजनितीक परिबेशका बारेमा समेत प्रशिक्षण मूलक मन्तब्य राख्नुभएको थियाे।    त्यस्तै UANTO का केन्द्रीय सल्लाहकार परिषद सदस्य ध्रुब भट्ट, हिस्टुनका जिल्ला अध्यक्ष मदन अंगाई, लगायतकाले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker