मालतीगैरा देखी बड्डाँडा सम्मको सडक कालो पत्रेको काम सुरु

राजेश पौडेल, गोरखा ।
पालुङटार नगरपालिका वडा नं. ४ मा रहेको मालतीगैरा देखी बड्डाँडा सम्मको नौ सय मिटर सडक कालो पत्रेको काम सुरु भएको छ । पालुङटार नगरपालिकाले आ. व. २०७५÷०७६ मा विनियोजन गरेको बजेट (७२ लाख ८२ हजार ७ सय ५० रुपैया ५० पैसा) ले सडकको कालो पत्रको काम सुरु भएको हो । उक्त कालो पत्रेको काम सुरु भएको सडकको पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेलले अनुगमन गर्नुभएको छ । सडकको अवलोकन गर्दै उपप्रमुख बसेलले सडकको गुणस्तरको अनुगमन सबै स्थानियबासिन्दाहरुले पनि गर्नु पर्नेमा जोडदिनुभयो । उहाँले काम सकिए पछि कामको गुणस्तरलाई लिएर औंला उठाउनु भन्दा काम भईरहेकै समयमा यसको गुणस्तरको अनुगमन गर्नु पर्ने बताउनुभएको हो । सोहि अवसरमा उहाँले जनताको करबाट भएको विकास निर्माणको कामको अनुगमन गर्नु प्रत्येक सचेत नागरिकको दायित्व भएको भन्दै गुणस्तरिय काम गर्न ठेकेदारलाई हौसला प्रदान गर्नु पर्ने बताउनुभयो ।
सोहि कालोपत्रे सडकको अनुगमन गर्दै पालुङटार नगरपालिकाका प्रसासकिय अधिकृत बलराम ढकालले नगरपालिकाले कामको गुणस्तरको आधारमा रकम बिनियोजन गर्ने भन्दै गुणस्तरिय काम गर्ने ठेकेदारलाई आँफुले पुरस्कृत गर्ने बताउनुभएको छ । सोहि अवसरमा उहाँले नगरपालिकाको ठूला योजनाका कामको गुणस्तर जाँच गर्ने र राम्रो काम गर्ने ठेकेदारलाई परस्कृत गर्ने बताउनुभएको हो । नगपालिकाका ईञ्जिनियर अनुप देवकोटाले सडकको लम्वाई ९ सय मिटर र सडकको चौडाई ४ मिटर रहने बताउनुभएकोछ । कुँवर कन्ट्रक्सनले निमार्णको जिम्मा पाएको उक्त सडक कालोपत्रेको काम मंसिर महिना भित्र सकिने देवकोटाले जनकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker