तिम्रो सहरमा’ को अडियो तथा भिडियो बजारमा भिडियाे सहित

तनहुँ समाचारदाता
दमौली, मङ्सिर ८ गते । गीतकार अमरराज नहर्कीे लेख्नु भएको ……तिम्रो सहरमा ’ बोलको अडियो तथा भिडियो सोमबार दमौलीमा सार्वजानिक गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले एक कार्यक्रममा बीच सार्वजानिक गर्नुभयो । उक्त अवसरमा समन्वय प्रमुख वाग्लेले ठुला/ठुला गीतहरु भन्दा कमि नभएको उल्लेख गर्दै गीतकार नहर्कीको रचनाले साहित्यको माध्यमबाट तनहुँलाई चिनाउन मद्धत गर्ने विश्वास प्रमुख अतिथि वाग्लेले गर्नुभयो । कार्यक्रममा कम्प्युटर एशोसियन महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले युवा पुस्तालाई आवश्यक पर्ने गीत बनेको उल्लेख गर्नु भयो । मन पराएको व्यक्ति अर्कोसँग हिड्दा प्रतिवाद हुन्छ विभिन्न घटना घटेको पाईन्छ पाण्डेले भन्नुभयो, तर यस गीतले त्यस्तो गर्नु हुँदैन अर्कैसँग माया प्रीति गासेपनि भन्ने सन्देश दिएको छ । गीतकार राजु दाहालले हालका धेरै जसो मान्छेलाई अर्काको स्यानो गल्तीलाई बदला लिने बानी भएको पाइएको अवस्थामा यस गीतले गलत कुरालाई निरुत्साहित गरेको बताउनुभयो । ‘तिमीले मेरो प्रेमलाई स्विकार गरिनौ एसिड हान्छु भनेको छैन, तिमीले गलत गरौ ठिकै छ म तिम्रो सहरमा पाईला टेक्दिन भनेको छ ।’ गीतकार दाहालले भन्नुभयो । साथै गीतकार दाहालले गीत मर्मस्पर्शी भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार नहर्कीको परिवार तथा आफन्तको तर्पmबाट भिनाजु कृष्णचन्द्र पाण्डे मन्तव्य राख्दै बाल्यकाल देखि नै मन छुने खालका रचना गर्दै आएकाले खुसी लागेको बताउनुभयो । कार्यक्रम गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष सङ्गम सापकोटा, सचिव दिवाकर भट्टराई लगायतले जिल्ला धेरै पर्यटकिय स्थलहरुलाई समेटेर म्युजिक भिडियो तयार पार्न सकेको भए नेपाल भ्रमण वर्षमा पर्यटक भित्राउन मद्धत पुग्नेमा जोड दिनुभएको थियो ।
गीतमा चर्चित गायक राज सिग्देलले आवाज दिनुभएको छ भने सङ्गीत सुदीप सेढाईको रहेको छ । उक्त गीतको म्युजिक भिडियो निर्मातामा सुसान पन्थ रहनु भएको छ । म्युजिक भिडियोमा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न ठाउँहरुलाई समेटेर छायाङ्कन गरिएको छ । पर्यटन प्रवद्धनको लागि व्यास नगरपालिकाको धार्मिक स्थल, व्यास र पराशर क्षेत्र र पहाडकी रानी बन्दीपुरको विभिन्न स्थान चयन गरिएको पत्रकार नहर्कीले बताउनुभयो । म्युजिक भिडियोमा सुदिप पौडेल, महेश वाग्ले र ममता अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन अनिल अधिकारीले गर्नु भएको छ । व्यवस्थाकीय म्यानेजर रोशन शर्मा रहेको उक्त गीतको भिडियोमा रमेश शर्माले छायाङ्कन गर्नु भएको छ । पत्रकार नहर्कीले भानु नगरपालिका–४ स्थित पर्यटकिय ठाउँ राना गाउँको बारेमा लेखिएको प्राण भन्दा प्यारो लाग्छ राना गाउँ हाम्रो गीतको म्युजिक भिडियो बजारमा आईसकेको छ । यसैगरी राज सिग्देलको सङ्गीत तथा श्वर रहेको ‘दुःखी छु दुःखले छुन चाहन्न, त्यसैले तिम्रो हुन चाहन्न …………..बोलको गजल गीतको म्युजिक भिडियो पनि बजारमा आईसकेको छ । पत्रकार नहर्की पत्रकारितासँगै गीत, गजल कविता लेखनमा सक्रिय हुँदै आउनु भएको छ । बुबा स्वर्गिय गेगनाथ नहर्की र आमा मिठुमाया नहर्कीको कोखबाट जन्मनु भएका पत्रकार नहर्की बाल्यकाल देखि नै साहित्यमा रुची राख्दै लेखनमा पनि सक्रिय हुँदै आउनु भएको छ । २०७६ सालमा भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले आयोजना गरेको कविता प्रतियोगितामा पत्रकार नहर्की प्रथम हुनु भएको थियो ।
चुँदीरम्घा स्थित भानुजन्म स्थल विकास समितिले २०७५ र २०७४ सालमा आयोजनामा गरिएको खुला कविता प्रतियोगितामा द्धितिय हुनु भएको थियो । दमौली आदिकवि भानुभक्त क्याम्पसले २०५४ सालमा आयोजना गरेको कविता प्रतियोगितामा पनि नहर्की प्रथम हुनु भएको थियो । पत्रकारिता क्षेत्रमा पनि नहर्कीले विभिन्न राष्ट्रिय स्तरका पुरस्कार प्राप्त गरिसक्नु भएको छ । शिक्षा मन्त्रालय , शिक्षा विभाग तथा नेपाल पत्रकार महासङ्घले सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ सालमा र शिक्षा लेखन वृत्ति पुरस्कार २०७१ सालमा प्राप्त गरिसक्नु भएको छ । पत्रकार नहर्की रेडियो बन्दीपुरका स्टेशन म्यानेजर तथा गोरखापत्र गोरखापत्र दैनिकको तनहुँ समाचारदाता हुनुहुन्छ । उक्त गीतको भिडियो युटुब मार्फत हाईलाईट् नेपालले सोमबारबाटै बजारमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker