शैक्षिक भ्रमणको गन्तव्य बन्दै लिगलिग कोट

राजेश पौडेल

गोरखा, मंसिर ०२ ।

पछिल्लो समय लिगलिग कोट शैक्षिक भ्रमणको गन्तव्य बन्न थालेको छ । पालुङटार नगरपालिका वडा नं. २ मा रहेको पालुङटार नगरपालिकाको एक मात्र पर्यटकिय स्थल लिगलिग कोटमा नगरपालिकाले ठूलो राष्ट्रिय झण्डा राखेपछि लिगलिग कोट शैक्षिक भ्रमणको गन्तव्य बनेको हो ।
बिगतका वर्षहरुमा बिदाको समयमा मात्र आन्तरिक पर्यटकहरुको उपस्थिती रहने लिगलिगकोट यस वर्ष भने शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुको गन्तव्य बनेको छ । विद्यालयहरुबाट शैक्षिक भ्रमण, र पिकनिकको सिजन रहेको, हिजो आज लिगलिग कोटमा जिल्ला भित्र र जिल्ला बाहिरका विद्यालयहरुबाट शैक्षिक भ्रमण र पिकनिक आउने विद्यार्थीहरुको भिड लाग्न थालेको हो ।
शैक्षिक भ्रमणमा आउने, पिकनिक खान आउने र पर्यटकहरु बढे पनि लिगलिग कोटको पूर्वाधार विकासमा भने सरोकार वाला निकायले ध्यान नदिएको लिगलिग बिकास अभियानका अध्यक्ष पुर्ण रानाले बताउनुभयो । अध्यक्ष रानाले लिगलिग कोटमा नगरपालिकाले ठूलो झण्डा राखेर आन्तरिक पर्यटकहरु बढे पनि स्थानिय निकायले विकासका पूर्वाधारहरुको नयाँ संरचनाको विकासमा भने खासै ध्यान नदिएको विकास अभियानका अध्यक्ष रानाको गुनोसो रहेको छ । अध्यक्ष रानाले भन्नुभयो “लिगलिग कोटमा अझै दुरविन राख्ने, भ्यू टावर वनाउने, मन्दीर बनाउने, दरवारको स्तर उन्नती गर्ने, बाटोको स्तर उन्नती गर्ने जस्ता कामहरु गर्न सके अझै पर्यटकहरुको भिड् लाग्ने थियो ।” अहिले झण्डा हेर्नको लागि भरेर पनि पर्यटकहरु आउने गरेको र अझ स्थानिय निकायले बाटोको स्तर उन्नती गर्दिएमा अझै बुढा पाकाहरु समेत आउन सक्ने अवस्थाको सृजना हुने रानाको विस्वास रहेको छ ।

अहिले पनि टाढा टाढाबाट लिगलिगमा आउने पर्यटकका लागि बस्ने ठाउँको उचित प्रबद्र्धन नभएकाले अब छिट्टै विकास अभियानले बस्ने खाने ठाउँको व्यवस्थाका लागि होमस्टे निर्माण गर्न समिति बनाई सकेको अध्यक्ष रानाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker