सहकारीद्धारा ६५ जना सम्मानित

गोरखा संसार
कार्तिक ३०, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा रहेको सिद्धअकला बहुृद्धेश्यीय सहकारी संस्था लि.को १५ औं बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । साधारण सभाको अवसर पारी संस्थाले सो संस्थामा योगदान पुर्याउने ६५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जग्गादाता धनकुमारी अाेलिया, संस्थापक अध्यक्ष गोविन्द अधिकारी, पूर्व अध्यक्षहरु तारानाथ उप्रेती, अर्जुन अधिकारी रहेका थिए । त्यस्तै अन्य ६५ वर्ष उमेर पार गरेका ६१ जना शेयर सदस्यहरुलाई समेत संस्थाले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष तिलक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला सहकारी संघ गोरखाका उपाध्यक्ष दुर्गा देवकोटाले सहकारीको मूलमन्त्र पालना गरी सहकारी सञ्चालन गर्न सकेका खण्डमा सहकारी दिगो हुने कुरा बताउनुभयो । सोही अवसरमा उहाँले सहकारीका मार्फत धेरै काम गर्न सकिने हुँदा सवै त्यसतर्फ सचेत भई अघि बढनुपर्ने बताउनुभयो ।
संस्थाकी उपाध्यक्ष सर्मिला तिवारीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
त्यस्तै अन्य शुभकामना मन्तव्य राख्नेहरुमा संस्थापक अध्यक्ष गोविन्द अधिकारी, लेखा समितिका संयोजक क्षेत्रनाराययण श्रेष्ठ, सामुदायिक विकास समितिका संयोजक कमल थापा लगायतकाले मन्तव्य राखेका थिए ।
उक्त सहकारीमा हाल ७४१ जना शेयर सदस्यहरु रहेका छन् । त्यस्तै गरी संस्थाले अहिलेको अवस्थामा २ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ भने बैंक तथा नगद मौज्दात १३ लाख एवं शेयर रकम ३१ लाख र विभिन्न कोशमा ३९ लाख रहेको संस्थाका कर्मचारी गजेन्द्र पाठकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker