प्रहरी र स्थानीय मिली बजार सरसफाइ तथा सचेतना कार्यक्रम

गोरखा संसार
कार्तिक ३०, गोरखा ।
हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयमा मित्रता युवा क्लबको पहलमा स्थानीय र इलाका प्रहरी को उपस्थितिमा एक कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष कुमार पोख्रेलको अध्यक्षतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सत्रसय फाँटमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको स्थानीय हरि प्रसाद काराखेतीले जानकारी दिनुभयो । कार्यक्रममा सवारी दुर्घटना न्यूनिकरणका लागी सवारी चालक तथा पैदलयात्रुसमेत सचेत हुनुपर्ने बताइएको थियो । सोही अवसरमा सत्रसय फाँट वरपरका क्षेत्रको सरसफाई समेत गरिँदा स्थानीयहरुले समेत प्रहरी जनताको सुरक्षामा सदैव खटिरहेको छ भन्ने कुराको आभास भएको स्थानीयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker