च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा कंडेल, फाेटाेसहित

गोरखा संसार
कार्तिक ३०, गोरखा ।
गोरखा जिल्लास्थित पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा रविन्द्र कंडेल चयन हुनुभएको छ । वडा नं. ७ कार्यालयको सभाहलमा केन्द्रको पहिलो साधारण सभा कार्तिक ३० गते सम्पन्न भएको थियो ।
रविन्द्र कंडेलको अध्यक्षतामा बनेकोे नयाँ कार्यसमितिका सदस्यहरुमा भरतराज पाण्डे, रण बहादुर कुमाल, अर्जुन बहादुर पाण्डे, इन्द्र कोइराला, गणेशलाल श्रेष्ठ, सम्झना कुमाल, कोपिला सुनार रहेका छन । त्यस्तै समितिको सदस्य सचिवमा राममाया थापा रहनुभएको छ ।
केन्द्रकी अध्यक्ष लक्ष्मी कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नंंं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले सिकाई केन्द्रले निरक्षर उन्मूलन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सोही क्रममा उहाँले समग्र वडाको विकासमा केन्द्रले महत्वपूर्ण योगदान दिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडा सदस्य देवीलाल कुमाल, भगवती कुमाल, च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे, जुडीखोला टोलविकास समितिका अध्यक्ष अर्जुन पाण्डे लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा केन्द्रको हाल सम्मको गतिविधी तथा आ.व. २०७५/०७६ को आय व्यय विवरण सदस्य सचिव राममाया थापाले प्रस्तुत गर्नुभएको थियो ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker