बजेट बिनियोजनसंगै पालुङ्टार विमानस्थल सञ्चालनकाे अाशा 

गाेरखा संसार

लामो समयदेखि गौचरन र स्थानिय क्लबका युवाहरुको खेलमैदानको रुपमा परिणत भएको पालुङ्टार विमानस्थलको पूर्वाधार सुधार र सञ्चालनका लागि ८८ लाख ५० हजारबजेट बिनियोजन भएको छ । पालुङ्टार नगरपालिका ५ मा रहेको उक्त विमानस्ल सच्लनका लागि आवस्यक पूर्वाधार निर्माण गर्न चालु आर्थिक बर्षका लागि नेपाल सरकारले ८८ लाख ४९ हजार ५५८ रुपैयाँ बजेट बिनियोजन गरेको हो ।
विमानस्थल सञ्चालनका लागि स्थानिय सरकार र प्रदेश सरकारले पहल गरिरहेका बेला सरकारले विनियोजन गरेको बजेट ‘धावनमार्ग, ट्याक्सी–वे, पेरिफेरि रोड निर्माणका खर्च गरिने नागरिक उडयन मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार नेपाल सरकारले विनियोजन गरेको बजेटले यस वर्ष पूर्वाधार निर्माणको काम अघि बढाइए पनि सरकारले बहुबर्षे बजेट विनियोजन गरेको र सोहि अनुसार विमानस्थलको पूर्वाधार तयार हुने छ ।
समुद्री सतहबाट ४५७ मिटर उचाइमा रहेको सो विमानस्थल १ हजार ९७ मिटर लम्बाई भएको र २ सय मिटर चौडाई भएको मस्र्याङदी नदीको किनारमा अवस्थित छ । २०३६ सालबाट औपचारिक रुपमा उँडान बन्द भएको विमानस्थल पछिल्लो समय गौचरन र खेलमैदानको रुपमा परिणत भए पनि वरपरबाट अतिक्रमण हुँदै आएको छ । काठमाडौं पोखरा पृथ्वीराजमार्ग सञ्चालनमा आएपछि बन्द भएको विमानस्थलमा अहिले सथानिय बासिन्दाले गाईवस्तु चराउने, ठेकेदारहरुले सामान डम्पिङ गर्ने, स्थानिय क्लबहरु र वरपरका युवाहरुले खेलमैदानको रुपमा प्रयोग गर्दै आएका छन् । बिमानस्थल सञ्चालनमा हुँदा गोरखा, तनहूँ, लम्जुङ र मनाङ जिल्लाका बासिन्दाले सेवा लिने गरेका र अब विमानस्थल सञ्चालनमा आएमा अब यस क्षेत्रको पर्यटन प्रवर्दन गर्न टेवा पुग्ने स्थानिय बासिन्दा चन्द्रबहादुर अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker