सिरानचोक गाँउपालिकामा घर निर्माण सम्पन्नता प्रमाणपत्र वितरण कार्य सुरु

गाेरखा संसार

कार्तिक २७, गाेरखा

सिरानचोक गाँउपालिकामा भूकम्प पछि पुनर्निर्माण सम्पन्न भएका घरधुरीलाई सम्पन्नताको प्रमाणपत्र वितरण कार्य सुरु भएको छ । सिरानचोक गाँउपालिकाको आयोजनामा सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरि प्रमाणपत्र वितरण कार्य सुरु भएको हो । पालिकाका अनुसार वडा नम्बर २ मा बाहेक अन्य सबै वडामा प्रमाणपत्र वितरण कार्य सुरु भएको हो । सिरानचोक गाँउपालिका हर्मी स्थित वडा नम्बर ३ को कार्यालयमा आयोजना भएको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आचार्यले सम्पन्नता प्रमाण पत्रले सुरक्षित आवास निर्माण गरेको पुष्टि समेत गर्ने बताउनुभयो । सम्पन्नता प्रमाणपत्रले वडास्तरमा रेर्कड,व्यवसायीक क्रियाकलाप तथा लगानी गर्न समेत आगामी दिनमा घरधनीलाई सहज हुने उल्लेख गर्नुभयो । उहाँले सिरानचोकमा करिब ९० प्रतिशत सम्पन्न भएको स्थिती रहेको उल्लेख गर्नुभयो । असार मसान्त सम्म पहिलो किस्ता लिएका लाभग्राहीलाई कात्तिक मसान्त सम्म दोश्रो किस्ता लिन समेत उहाँले आग्रह गर्नुभयो । पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले बाँकी रहेकाले समेत पुनर्निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । प्रमुख आचार्यले निजी आवास निर्माण सम्पन्न गर्न तर्फ भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले प्राविधिक, सामाजिक लगायत अन्य क्षेत्रमा मद्दत गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, सम्पन्नताको प्रमाणपत्र वितरण कार्य अन्तिम सम्म लैजान पनि सहजिकरण गर्छ भन्ने आशा छ । यस्तै, आचार्यले गोरखा जिल्लामा परियोजनाका २६ हजार ९ सय १२ लाभग्राही रहेपनि ३० हजार भन्दा बढी लाभग्राही रहेको क्षेत्रमा काम गरेर उल्लेखनिय सहयोग गरेको बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरेराम पराजुलीले निजी आवास पुनर्निर्माण क्षेत्रमा गोरखा लगायत अन्य जिल्लामा आशातित प्रगति भईरहेको बताउनुभयो । घर पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र दस्तावेजका रुपमा व्यवसायीक प्रयोजनका लागि प्रयोग हुने बताउनुभयो । उहाँले भन्नुभयो, वडामा रेर्कड राख्न तथा निजी आवास पुनर्निर्माण क्षेत्रमा दातृ निकायबाट आएको सहयोगको प्रमाण समेत भएको बताउनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष विरबहादुर थापाले सुरक्षित आवासका लागि योग्य बनाएकोमा वडास्तरमा काम गर्ने प्राविधिक तथा अन्य समन्वयकारी निकायलाई धन्वयाद ज्ञापन गर्नुभयो । परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले आगामी दिनमा समेत सुरक्षित आवास निर्माणलाई निरन्तरता दिएर समुदायलाई सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । यस्तै, वडा नम्बर ५ आयोजित कार्यक्रममा डिएलपीआयूका सूचना अधिकृत युवक श्रेष्ठले सम्पन्नता प्रमाणपत्रको कागजात महत्वपुर्ण रहेकाले सुरक्षित राख्न सम्पुर्ण घरधनीलाई आग्रह समेत गर्नुभयो । उहाँले निर्माण सम्पन्न नभएका घरधुरीलाई समेत यथाशीघ्र घर पुनर्निर्माण गरि सम्पन्नताको प्रमाणपत्र लिन आग्रह गर्नुभयो । वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले निर्माण क्रममा रहेका घरधनीलाई चाँडो भन्दा चाँडो सम्पन्न गरि घर पुनर्निर्माण गरि घर सम्पन्नताको प्रमाणपत्र लिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा आवश्यक हुने भएकाले घर सम्पन्नताको प्रमाणपत्रलाई सुरक्षित राख्न सुझाव दिनुभयो । डिपीसी सम्म पुगेका झ्याल ढोका लगाएर छोडिएका स्थानमा घर सम्पन्नता गर्न लागि पर्न आग्रह गर्नुभयो ।
यसैबीच सिरानचोक गाँउपालिकामा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले वडा नम्बर २, ३, ४, ५, ६ मा सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ । ती वडामा ९१ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker