संचारकर्मि गायक सुरज आचार्यको अभिनयमा दिपक अधिकारीको “मेरै माया जाति” सार्वजनिक

कविराज ढकाल , गोरखा नेपाल |
पछिल्लो समय बजारमा नेपालि लोक तथा दोहोरी गितहरुले निकै चर्चा परिचर्चा पाई रहेको छ | धेरै गितहरु करोडौ क्लवमा प्रवेश गरेका छन् भने कयौ गितहरु दर्शक स्रोताहरुको मन जित्न सफल भएका छन् | कयौ सर्जक गायक संगितकारहरु को बजारमा गित आऊने क्रम को कमि छैन | यसै सन्दर्भमा चर्चित  गितकार दिपक अधिकारीको नयाँ गीत ‘मेरै माया जाति’ सार्वजनिक भएको छ |

भखरै बजारमा रिलिज गितमा गितकार दिपक अधिकारीको उत्कृष्ट शब्द सृर्जना रहेको पाईन्छ  भने संगितकार सन्तोष सुवेदीको उत्कृष्ट लय सृर्जना एवम्  लोकप्रिय गायक हिमलाल सुनार र लोक प्रिय गायिका तुलसा क्षेत्रीको सुमधुर आवाजमा  सजिएको पाईन्छ । माया प्रेमको कथाबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ । मेरो पानि नै जाति छ तिम्रै माया लाग्छ तिमि नै जिन्दगी चलाऊने आधार हो भन्ने मायाप्रेमको विषयवस्तु रहेको छ |
मेरै माया जाति
तिम्रै तस्विर देखिन्छ मायालु चिरे पनि छाति
केटा :- माया प्रिती संसारकै रित
तिमि बाहेक कोही छैन म सित

केटी :- परान फाल्न तयार छु बरु म
उनि बाहेक सोच्दिन अरु म

उक्त गितको अडियो मात्रै नभई  म्युजिक भिडियो  पनि  निकै उत्कृष्ट रहेको छ
सन्तोष सुवेदीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा संचारकर्मि एवम् गायक सुरज आचार्य र दिपा पौडेलको उत्कृष्ट अभिनय रहेको छ । मोडेल सुरजको नया लुकमा उक्त गितको म्युजिक भिडियो निकै उत्कृष्ट रहेको छ  | यस अघि गायक सुरजको धेरै गितहरु बजारमा आएका छन् र चर्चामा पनि रहेको छ | DIGITAL STAR POKHARA को आफ्नै अफिसियल युट्युब च्यानलबाट उक्त गित सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियो

यहाहरुको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker