ग्राहकलाई एक हप्ता कफी निशुल्क

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताजा बेकरी एण्ड कफी सपको उद्घाटन गरेका छन् । ताजा बेर्कस प्रालीले सञ्चालनमा ल्याएको ताजा बेकरी एण्ड कफी सप पोखराको सिर्जनाचोकमा अवस्थित छ । शनिबार मेयर जिसीले उक्त कफी सपको उद्दघाटन गरेका हुन् ।
राम कुमार श्रेष्ठ, गंगालाल श्रेष्ठ र प्रभुराम श्रेष्ठको संयुक्त लगानीमा खोलिएको ताजा बेकरीमा बेकरीका आइटम, लावाजावाको कफी, ब्रगर, पिज्जा लगायतका फास्टफुड पाइने ‘ताजा बेकरी एण्ड कफी सप’ का प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले बताए ।
काठमाडौंमा पस्केको स्वादलाई पोखरामा पनि पस्कने उद्देश्य स्वरुप आफुहरुले लगानी गरेको उनले बताए । ‘पोखरामा हाम्रो स्वस्थ प्रतिस्पर्धा रहनेछ’, उनले भने,‘पोखराको मार्केटलाई बुझेरनै हामीले सिर्जनाचोकमा कफी सप खोलेका हौ ।’
प्रतिस्पर्धी भन्दा सस्तो मुल्यमा कफी लगायत बेकरीका आइटमहरु ग्राहकलाई उपलब्ध गराउने सञ्चालक प्रभुराम श्रेष्ठले बताए । गुणस्तरमा आन्तरिक पर्यटक र बाह्य पर्यटक लगायत लोकल मार्केटमै कफी सप लक्षित रहेको उनको भनाई थियो ।
अर्गानिक कफीनै प्रयोगमा ल्याउने उद्देश्य भएता पनि बाह्य पर्यटकलाई लक्षित गरी विदेशी गुणस्तरिय कफीलाई पनि प्राथामिकतामा राखिने श्रेष्ठले बताए ।

आज भन्दा १५ वर्ष अगाडी काठमाडौंमा ५ लाख लगानीबाट सुरु गरेको कफी सपको कारोबार ५ करोड पुगेको छ । काठमाडौंको चाबाहिल, लगन, न्युरोड, बांगेमुडा, कपन, पुतलीसडकको अपार सफलता पश्चात मोफसलमा पहिलो पटक ६० लाख लगानीमा पोखरामा उक्त कफी सप सञ्चालनमा ल्याइएको हो ।
ताजा बेकरीमा हाल ५० जना कर्मचारी रहेका छन् । पोखराको सिर्जनाचोकमा रहेको कफी सपमा १० जना कर्मचारी खटाइएको छ । पोखरा महानगरपालिका भित्र अझै चार ठाँउमा ‘ताजा बेकरी एण्ड कफी सप’ खोल्ने लक्ष्य रहेको सञ्चालक गंगालाल श्रेष्ठले बताए । ‘१०० जना कर्मचारीलाई तालिम दिएर रोजगारको वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य छ’,उनले भने,‘गुणस्तरमा हामी कम्प्रोमाईज गर्नेछैनौ ।’ उद्दघाटनको अवसरमा ग्राहकलाई एक हप्ता कफी निशुल्क उपलब्ध गराइने श्रेष्ठले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker