लोकप्रिय सर्जक विष्णु खत्रीको ‘झरनाको पानी’ सार्वजनिक भिडियो सहित गोरखासंसार डट.कम

 

कविराज ढकाल , गोरखा नेपाल |
पछिल्लो समय बजारमा नेपालि लोक तथा दोहोरी गितहरुले निकै चर्चा परिचर्चा पाई रहेको छ | धेरै गितहरु करोडौ क्लवमा प्रवेश गरेका छन् भने कयौ गितहरु दर्शक स्रोताहरुको मन जित्न सफल भएका छन् | कयौ सर्जक गायक संगितकारहरु को बजारमा गित आऊने क्रम को कमि छैन | यसै सन्दर्भमा चर्चित लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीले नयाँ गीत ‘झरनाको पानी’ सार्वजनिक गरिएको छ |

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पाईन्छ | भखरै रिलिज गितमा बिष्णु खत्रीको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ भने गीत लोकप्रिय गायक बिष्णु खत्री र गायिका मिना लामाको सुमधुर आवाजमा सजिएको पाईन्छ । माया प्रेमको कथाबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ ।
झरनाको पानी कलकल बग्यो कञ्चन
हाम्रो जस्तो जोडी यहाँ, कोहीको छैन भन्छन

उक्त गितको अडियो मात्रै नभई म्युजिक भिडियो पनि निकै उत्कृष्ट रहेको छ
शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा आयुष रिजाल र अनु शाहको उत्कृष्ट अभिनय रहेको छ । यस म्युजिक भिडियो गायक खत्रीले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियो

यहाहरुको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker