एकैसाथ हराए यी ४ विद्यार्थीहरु ,खोजी गरिदिन परिवारको अपिल

गोरखा संसार

गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं. ७ वस्ने ४ जना बालकहरु एकैसाथ हराएका कारण फेला पार्नको लागी यो पोष्ट शेयर गरिदिनुहोला ।
वडा नंं. ७ को मजुवा गाउँका ४ जना विद्यार्थीहरु गत कार्तिक १६ गते घरबाट निस्किएका र अहिलेसम्म पनि कतै सम्पर्कमा नआएकाले अभिभावकहरु चिन्तित भएका छन् ।
हराउनेहरुमा शिवलाल कुमालका छोरा १४ वर्षीय राजीव कुमाल, सन्त बहादुर कुमालका १४ बर्षीय छोरा अनिस कुमाल, राजिन्द्र कोइरालाको छोरा १३ बर्षीय कृष्ण कोइराला र अमृत बहादुर कुमालको छोरा १३ वर्षीय अरुण कुमाल रहेका छन् ।
हराएकामध्ये ३ जना कक्षा ८ मा र १ जना कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरु हुन ।
उनीहरु चारैजना संगसंगै हराइरहेको परिवारले बताएको छ । हालसम्म उनीहरु के कारणले हराए, कता गए भन्ने कतैबाट पनि खबर आएको छैन ।
परिवारले खोजीको लागी प्रहरी कार्यालय लगायत सवै ठाउँहरुमा खबर गरिसकेका छन ।
कहिं कतै कसैले देख्नुभएमा नजिकैको प्रहरी कार्यालयमा वा निम्नअनुसारको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ः
९८०४१३४६२०, ९८५६०८११९७, ९८२६१४५११८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker