कविता ” मलिम्बे”

– हिक्मत थापा

आकाशमा कावा खाँदै
तिमी जतिबेला
धर्तीका सुन्दर रचनाहरू हेरिरहन्छौ
र सोच्छौ,
कुनै इबादान
वा त्यतै कतै इकिटीको
सुन्दर भूदृश्यभित्र,
मजस्तै रङबिरङ
कालोमाथि सिम्रिक धर्सोजस्तो,
कतै बाडुलीमा आयो कि तिम्रो
सुन्दर आकृति ।
प्रिय मलिम्बे
तिमी फेरि उड्यौ
कावा खाँदै,
र सम्झियौ कि मलाई –
मलिम्बे !

फरक आकाश
फरक धर्ती
फरक रङ
त्यै पनि बिछ्ट्टको
तिम्रो रूपसँग
दूरदेशमा आएर
म पनि रङ्गिएँ
तिमीजस्तै ।

अफ्रिकीे निलो आकाशमुनि
बादलसँगै,
लहराएका तिम्रा काला केश राशिमाझ
मैले पनि रङ्गाएँ तिम्रो सिउँदो
नेपाली सिम्रिकको रङले,
तिमी उड्यौ परपर …
तै, म भुलेँ तिम्रै आकृतिमा
प्रिय मलिम्बे !

(लेगोस, नाइजेरिया)
मलिम्बे : पश्चिम-दक्षिण नाइजेरियामा पाइने कालोमा सिम्रिक धर्का भएको सुन्दंर चरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker