लिगलिग चिनाउन दाेधारा चाँदनी पुगेका ५ युवा अाज पालुङटार अाइपुगे

गोरखा – नेपाल राज्यको एकिकरणको सुरुवात भएको लिगलिगलाई चिनाउन यहाँका युवाहरुले यात्रा २ पूरा गरेका छन्  । यात्रा २ पश्चिमको चाँदनी दोधारा पुगेर पालुङटार आएर टुंगिएकाे  छ ।

बौद्व हिमाल युवा क्लव पालुङटारको समन्वयमा ५ जना युवाहरुले यात्राको थालनी गरेको थियाे । यात्रा २ चाँदनी दोधारा पुगेर पालुङटार फर्किएसंगै सकिएकाे क्लवका अध्यक्ष किरण गिरीले बताए ।

आफ्नै खर्चमा पहिलो पटक गोरखाको पश्लाङ चौतारा देखी भारतको टिस्टा सम्म पुगेका युवाहरुले अहिले भने पश्चिमको चाँदनी दोधारा पुगेका हुन । उनीहरु पुगेका सवै स्थानका  नेपालीहरुलाई एक पटक गोरखाको लिगलिग घुम्न आउन निम्ता दिएकाे बताएका छन ।

राष्ट्रिय झण्डा, लिगलिग र पालुङटारको ब्यानर लिएर यात्रामा निश्किएका उनीहरु छैटाैं दिन  २८ गते यात्रा टुंगिएकाे छ  ।

लिगलिगकोटको ऐतिहासिकतालाई पश्चिम महाकालीसम्म पुर्याएर फर्किएको टोलीमा किरण गिरी, बिबेक कुमार पण्डित, सुनिल भट्टराई, उत्तम गिरि, र सरोज गिरि रहनुभएको थियो |

टोलीलाई पालुङटार नगरपालिकामा उपप्रमुख पम्फा बसेल र प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले स्वागत गर्नुभएको थियो | टोलीले यात्राका क्रममा विभिन्न स्थानीय निकायमा गई त्यंहाका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयलाई पालुङटार घुम्न आई पर्यटन बर्ष २०२० लाई सफल पार्न समेत निम्तो दिएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker