व्यवस्थापन समितिले विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई विद्यलय नआउनु भनी पत्र पठायो, के हो त रहस्य ?

गोरखा संसार


पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकोट रातमाटेमा रहेको अकला माध्यमिक विद्यालयमा शिक्षक शिक्षिकाको अनैतिक सम्बन्धको विषयलाई लिएर विद्यालय बन्द भएको जनाइएको छ । शिक्षक शिक्षिका बिच अनैतिक सम्बन्ध रहेको भन्दै विद्यालयमा ताला लगाइए पछि दशैंपछिको पहिलो दिन सोमबार विद्यालय बन्द भएको हो । विद्यालयमा ताला कस्ले लगायो भनी आधिकारिक रुपमा कसैले जिम्मा नलिए पनि ताला बन्द गरिएको ठाउँमा धुवाकोट शिक्षा पे्रमी समाज लेखिएको पर्चा भेटिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र अम्गाईले जानकारी दिनुभयो ।
शिक्षाप्रेमी समूहको नाममा पर्चा भेटिएपनि कोही सम्पर्कमा नआएका कारण वडा कार्यालयको प्रतिनिधीको रोहवरमा ताला फोडीएको र मंगलबारबाट पठन पाठन शुरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत काराखेतीले बताउनुभयो । विद्यालयमा तालाबन्दी र विद्यार्थीहरुले पनि सो तालावन्दीप्रति समर्थन गरेका कारण आरोपित शिक्षक शिक्षिकालाई विद्यालयमा हाजिर हुन नआउनु भनी पत्र लेखेको समेत अध्यक्ष काराखेतीले बताउनुभयो ।
घटनाका बारेमा वडा शिक्षा समिति र नगर शिक्षा कार्यालय समेतमा जानकारी गराइसकिएको र कार्र्यालयबाट ठोस निर्णय नआउँदासम्मका लागी शिक्षक शिक्षिका दुवै जनालाई विद्यालय नआउन समितिले पत्र पठाएको छ ।
दशैं विदा अघि नै सोही विद्यालयका  एक  र एक  शिक्षिका बिच सम्बन्ध रहेका भनि आरोप लगाइएको थियो । तथापी उहाँहरुबीच कुनै अनैतिक सम्बन्ध नै नभएको तर चरित्र हत्या गर्ने उद्धेश्यका साथ नियोजित रुपमा चरित्रहत्या गरिएको शिक्षक ले बताउनुभएको छ ।
बिना आधार र कुनै प्रमाण विना नै आफूमाथि आरोप लगाई चरित्रहत्यामा लागेको उहाँको तर्क छ । केही विद्यार्थी तथा अभिभावकहरुलाई उचालेर आफूविरुद्ध प्रहार गरेको उहाँको प्रत्यारोप छ ।
विद्यालय व्यवस्थापन समितिले आफ्नो क्षेत्राधिकार को ख्याल नै नगरी आफूहरुलाई विद्यालय नआउन पत्राचार गरेकोले कानुनी उपचारमा जाने  अाराेेेेपित क्षिक्षकले  बताउनुभएको छ ।

शिक्षिका  संग भने सम्पर्क हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker