लिगलिग प्रबर्द्धनका लागि दाेश्राे चरणकाे यात्रा शुरू

गोरखा – नेपाल राज्यको एकिकरणको सुरुवात भएको लिगलिगलाई चिनाउन यहाँका युवाहरुले यात्रा २ को थालनी गरेको छ । यात्रा २ पश्चिमको चाँदनी दोधारा पुगेर पालुङटार आएर टुगिने छ ।

बौद्व हिमाल युवा क्लव पालुङटारको समन्वयमा ५ जना युवाहरुले यात्राको थालनी गरेको हो । यात्रा २ चाँदनी दोधारा पुगेर सकिने क्लवका अध्यक्ष किरण गिरीले बताए ।

आफ्नै खर्चमा पहिलो पटक गोरखाको पश्लाङ चौतारा देखी भारतको टिस्टा सम्म पुगेका युवाहरुले अहिले भने पश्चिमको चाँदनी दोधारा पुग्ने लक्ष्य लिएका हुन । उनीहरु जहाँ जहाँ पुग्नेछन त्यहाँका नेपालीहरुलाई एक पटक गोरखाको लिगलिग घुम्न आउन निम्ता दिने छन ।

यात्रा २ मा पालुङटारबाट हिडेका उनीहरु मिर्मी सम्म पुगेर रुरु क्षेत्र र पाल्पाबासीलाई गोरखा घुम्न आउन निम्ता गरेका थिए भने दोस्रो दिन दाङ्ग पुगेर पनि भेटे जतिलाई गोरखा घुम्न आउन निम्ता गरेका थिए ।

यात्राको तेस्रो दिन आज (सनिबार) भने उनीहरु कोहलपुर, चिसापानी हुदै चाँदनी दोधारा पुग्ने र त्यहाँका नेपालीहरुलाई गोरखा घुम्न आउन निम्ता दिने कार्यक्रम रहेको अध्यक्ष गिरीले टेलिफोन मार्फत गोरखा समाचार अनलाईनलाई जानकारी दिए । ‘सम्भव भए सम्म आज हामी चाँदनी दोधाराबाट फर्किएकार बर्दियाको होम स्टेमा बस्ने योजना बनाएका छौ’ अध्यक्ष गिरीले भने ।

राष्ट्रिय झण्डा, लिगलिग र पालुङटारको ब्यानर लिएर यात्रामा निश्किएका उनीहरु छौटौ दिन पालुङटार आएर यात्रा टुगाउने योजनामा रहेका छन । युवाहरुले असोज २३ गते सुरु भएको यात्रा २८ गते टुगिंने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker