अस्थायी प्रहरी पाेष्ट का प्रहरी सहायक निरीक्षक अाचार्य यस महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

गोरखा – अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका प्रहरी सहायक निरीक्षक मदन अाचार्य यस महिनाकाे उत्कृष्ट प्रहरी घाेषित भएका छन् । नेपाल प्रहरीको ६४ औं प्रहरी दिवश २०७६ काे अवसरमा असाेज २४ गते गाेरखामा अायाेजित एक कार्यक्रममा अाचार्यलाइ उत्कृष्ट प्रहरी घाेषित गरिएकाे हाे ।

साेही अवसरमा अाचार्य सहित अन्य ८ जनालाइ अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा कायम एवं प्रशासनिक रूपमा निरन्तर खटिइ लगनशील तथा उच्च अनुशासनमा रही बिभागीय निती निर्देशनकाे पालना गरेकेामा पुरस्कृत गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । पुरस्कृत हुनेहरूकाे नामावली किताबखानामा रहेकाे रेकर्डमा समेत जनिने छ । पुरस्कृत हुनेहरूमा हाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय काठमाण्डाैमा कार्यरत प्रहरी निरीक्षक कमला नराल, प्रहरी चाैकी छाेप्राकका प्र.स.नि. बिक्रम दरै, जि.प्र.का. गाेरखाका (अस्थायी प्रहरी पाेष्ट च्याङली, बिरूवाटार) मदन अाचार्य, प्रहरी चाैकी छेकम्पारका प्रहरी हवल्दार बिष्णु बहादुर थापा, गण्डकी प्रदेश प्रहरी स्कूल बेलचाैताराका प्रहरी हवल्दार राज कुमार साइ, ट्राफिक कार्यालय गाेरखाका हवल्दार खिम बहादुर थापा, इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीका जवान बिनय बस्नेत र इलाका प्रहरी कार्यालय मनकामनाका प्रहरी जवान सुनिल रायमाझी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाको परिसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अमर प्रहरी स्मारकमा माल्यार्पण गरीनुका साथै उपस्थित सबैले पुष्प गुच्छा समेत चढाएका थिए ।

प्रहरी दिवशको पुर्व सन्ध्यामा आयोजित मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई कार्यक्रममा नेपाली सेनाको रणसिंह दल गणका गणपती उज्वल केसीले सम्मान गरेका थिए ।

दिवशकै क्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानले अनुन्धानमा सहयोग पुरयाउने प्रहरीलाई सम्मान गरेका थिए भने चोरी भएका केही मोबाईल समेत मोबाईल धनीलाई हस्तान्तरण गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । कार्यक्रममा नै जिल्लाको विभिन्न स्थानमा प्रहरी चौकी स्थापनाका लागि जग्गा दान दिने जग्गा दाता, सामुदायिक प्रहरी सेवामा सहयोग पुरयाउनेहरुलाई समेत सम्मान गरीएको थियो । सोही कार्यक्रममा अमर प्रहरी परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले बिगत केही महिना अघिदेखि हरेक महिना एक जना प्रहरीलाइ उत्कृष्ट प्रहरी घाेषणा गरी निजकाे फाेटाे जिल्ला प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker