नेकपा आँबुखैरेनीको शुभकामना आदान प्रदान अकला मन्दिर परिसरमा

गोरखा संसार
तनहुँ, असोज १७
आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा ने.क.पा.को शुभकामना आदान प्रदान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ का पार्टी अध्यक्ष हरि प्रसाद काराखेतीको अध्यक्षतामा अाँबु १ बरादीस्थित अकला मन्दिरमा कार्यक्रम गरिएको थियो । पार्टीका वडा सदस्य पुष्पा वाग्लेले स्वागत गर्नुभएको सो कार्यक्रममा शुभकामना प्रदान गर्नको लागी केन्द्रिय सदस्य एवं सचिवालय सचिव श्रीराम ढकाल, प्रदेश सदस्यहरु राजेन्द्र केशरी न्यौपाने, क्षितिज लामिछाने, सूर्य बहादुर गौली, गाउँ कमिटीका अध्यक्ष प्रेम बहादुर तमु, सचिव बेल बहादुर थापा, गाउँ कमिटी सदस्य द्धारिका श्रेष्ठ, जिल्ला कमिटीका मिना अधिकारी, खगराज गौली लगायतका रहेका थिए । त्यस्तै गरी समाजसेवी इश्वर बहादुर गौली, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेस गाउँ कमिटीका सचिव विष्णु बहादु पन्त, समाजसेवी तुलसीमाया पन्त लगायतकाले पनि शुभकामना प्रदान गरेका थिए ।
अच्युत वाग्लेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा पत्रकार श्रीराम भट्टराइले गजल तथा मुक्तक मार्फत शुभकामना दिनुभएको थियो । त्यस्तै गाएक एवं सर्जक कमल सापकोटाको साँगितीक शुभकामनाले कार्यक्रममा थप रौनकता थपिएको थियो ।
कार्यक्रम सञ्चालनका लागी द्धारिका श्रेष्ठको महत्वपूर्ण योगदान रहेको अध्यक्ष काराखेतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker