कुमाल संग्रहालय निर्माण गरी लोपोन्मुख संस्कृति संरक्षण गर्नुपर्छ — नगर प्रमुख

गाेरखा संसार

गोरखा, असोज १७
गोरखाको पालुङ्टार नगरपालिकाका नगर प्रमुख इ. दिपकबाबु कंडेलले छिटै कुमाल संग्रहालय निर्माण गरी लोपोन्मुख संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पालुङ्टार नगरपालिका वडा नं. ७ मा कोलडाँडा टोलविकास संस्थाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाकोे यस वडामा अधिक कुमाल वस्ती भएको तर कुमालको संस्कृति हराउँदै गएकोप्रति दुख व्यक्त गर्दै त्यसको संरक्षणमा एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना आदान प्रदानसहित विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा शंकर परियारको विशेष प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा सदस्यहरु भगवती कुमाल, देवीलाल कुमाल, नेपाली कांग्रेसका नगर सचिव विमल ढकाल, गोेरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल, च्याङ्ली सामुदायिक सिकाई केन्द्रकी राममाया आले लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker