अारूपाेखरीमा बनेकाे करीब पाैने ६ कराेडकाे विद्यालय भवन हस्तान्तरण

गोरखा संसार
गोरखा, असोज १५
गोरखा जिल्लास्थित आरुपोखरी गाउँपालिका वडा नं. ८ मा निर्मित धारापानी मा.वि.को विद्यालय हस्तान्तरण कार्यक्रम हस्तान्तरण गरिएको छ । जाइकाको ऋण सहयोगमा उक्त विद्यालयको १५ कोठे भवन गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको इन्जिनियर निशान अधिकारीले जानकारी दिनुभयो । उक्त भवन निर्माणको लागत ५ करोड ७१ लाख रहेको पनि इन्जिनियर अधिकारीले बताउनुभयो ।
१८ महिनामा काम सिध्याउने गरी जिम्मा लिइएको सो विद्यालय १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।

पुन निर्माण प्राधिकरण अन्तर्गत प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाका अनुसार कुल पुननिर्माण गर्नुपर्ने ७ हजार ५ सय ३ विद्यालय मध्ये ५ हजार ६३ विद्यालय निर्माण सम्पन्न भएको छ । अझै १ हजार ८ सय १९ निर्माणाधिन अवस्थामा छ । अझै ६ सय ७१ विद्यालयको पुन निर्माण हुन बाकी रहेको पुन निर्माण प्राधिकरणको पछिल्लो तथ्यांक छ ।
तीमध्ये गोरखामा जाइकाद्धारा ६१ विद्यालयमध्ये २९ वटा विद्यालय हस्तान्तरण गरिसकेको छ भने बाँकीमध्ये केही निर्माण सम्पन्न भइसकेर हस्तान्तरण प्रक्रियामा छन भने केही निर्माणाधीन अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker