राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला समिति गठन

गोरखा संसार
गोरखा, असोज १५
राष्ट्रिय जनता पार्टी नेपालको गोरखा जिल्ला समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य नारायण बहादुर अर्र्यालको संंयोजकत्वमा भएको भेलाले अर्यालकै अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा इश्वर कुमार श्रेष्ठ, सचिवमा राजु कुमाल, कोषाध्यक्षमा दिनेश बाबु बि.क. रहेका छन । त्यस्तै अन्य सदस्यहरुमा कृष्ण बहादुर कुमाल, भरत कुमार श्रेष्ठ, राम कुमार श्रेष्ठ, तारा बहादुर कुमाल, हरिमाया कुमाल, मिन बहादुर परियार, सुक बहादुर लामा, भोज बहादुर मास्की लगायतका रहेका छन् ।
आफूहरु पार्टी संगठन विस्तारको क्रममा रहेको र छिटै जिल्लाका सवै स्थानीय निकायहरुमा आफ्नो संगठन विस्तार गर्ने अध्यक्ष अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker