उज्ववल कृषि सहकारीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गोरखा संसार
गोरखा, असोज १५
पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको उज्वल कृषि सहकारी संस्थाले एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मान बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख इ. दिपक बाबु कंडेलले नगरपालिकाभित्र रहेका सहकारीहरुले उत्पादनमुखी काम कम गरेकोमा दुख व्यक्त गर्दै उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभएको थियो । सोही अवसरमा केही सहकारीहरु अझै पनि कागजी रुपमा मात्र देखिएका हुँदा त्यस्ता सहकारी सञ्चालकहरुको आफूले खोजी गरिरहेको बताउनुभयो । रमेश अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा शेयर सदस्यहरुको लाभाँश समेत वितरण गरिएको थियो । सहकारीले १८ प्रतिशतका दरले बोनस बाँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker