जीवन ज्योतिका ४ विद्यार्थीलाई तुलसीमान स्मृति पुरस्कार प्रदान

जीवन ज्योतिका ४ विद्यार्थीलाई तुलसीमान स्मृति पुरस्कार प्रदान
रविन्द्र कंडेल
गोरखा, असोज १०
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्योति माध्यमिक विद्यालयका ४ विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच तुलसीमान स्मृति पुरस्कार प्रदान गरिएको छ । विद्यार्थीहरुद्धारा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
पुरस्कार पाउनेहरुमा कक्षा ८ बि का दिबस कुमाल, कक्षा ९ ए का गणेश कुमाल, कक्षा ६ ए का टेक घले र कक्षा ७ का नवीन कुमाल रहेका छन् । चारै जननालाई जनही ५ हजार नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो । स्वर्गीय तुलसीमान श्रेष्ठले वि.सं. २०३० देखि २०३५ सालसम्म र २०४४ सालदेखि २०४६ सालसम्म गरी २ पटक उक्त विद्यालयको प्रधानाध्यापकको रुपमा काम गर्नुभएको थियो । आफ्ना स्वर्गीय पिताले योगदान गरेको विद्यालयमा केही गरौै भन्ने भावनाअनुरुप उक्त पुरस्कार दिइएको र हरेक बर्ष यसलाई निरन्तरता दिने श्रेष्ठका छोरा निरज श्रेष्ठले बताउनुभएको छ ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख इ. दिपक बाबु कंडेलले आजका विद्यार्थी नै भोलिका भविष्य भएको र उनीहरुले चाहेको खण्डमा समाज तथा राष्ट बदल्न सक्ने बताउनुभयो ।
जीवन ज्योति मा.वि.का बाल क्लबका अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिकोे रुपमा पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कक्षा ११ कि सपना परियारले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे, सहायक प्रधानाध्यापक तारा बहादुर कुमाल लगायतकाले मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यार्थीहरुले आफ्ना प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker