तनहुँमा सञ्चालित सबै क्रसर उद्योग मापदण्ड विपरित

अमरराज नहर्की,तनहुँ
तनहुँमा सञ्चालित सबै क्रसर उद्योग मापदण्ड विपरितका रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुसारको कुनै पनि उद्योग सञ्चालनमा नरहेको पाईएको छ ।
कुनै पनि क्रसर उद्योगले मापदण्ड पुरा नगरेकोले मापदण्ड पुरा गरि सञ्चालन गर्न निर्देशन दिईएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । मापदण्ड सञ्चालन गरिएकाले ती क्रसर उद्योगले २०७२ सालदेखि नविकरण समेत नगरिएको जानकारी उहाँले दिनुभयो । विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग एक दर्जन रहेकोे कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मापदण्ड अनुरुप सञ्चालन गर्न पटक पटक पत्राचार गरेपनि उद्योगहरुले वेवास्ता गरेका छन् । यो राष्ट्रव्यापी समस्या रहेकाले पनि उद्योग नै बन्द गर्न भने नसकिएको कार्यालय प्रमुख ढकाल बताउनुहुन्छ ।
उद्योग बन्द गर्दा विकास निमार्णका कामहरु प्रभावित हुने हुँदा चाँडै नै नयाँ मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिईएको कार्यालयले जनाएको छ । सबै भन्दा धेरै उद्योग शुक्लागण्की नगरपालिकामा सञ्चालित छन् । शुक्लागण्डकी नगरपालिकामा रहेकाहरुमा खनाल गिटी बालुवा उद्योग, यशोशान्ति कंक्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एण्ड कंक्रिट ब्लक उद्योग, महालक्ष्मी एग्रिगेट इण्डष्ट्रिज उद्योग, क्वालिटी एग्रिगेट एण्ड क्रसर उद्योग प्रा.लि, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग, शिवशक्ति ढुंगा बालुवा क्रसर उद्योग नियम विपरित सञ्चालनमा रहेका छन् । म्याग्दे गाउँपालिकामा रहेको ढोरबाराही एग्रिगेट इण्डष्ट्रिज, सेती दोभान ब्लक एण्ड एग्रिगेट उद्योग मापदण्ड विपरित सञ्चालनमा कार्यालयले जनाएको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिकाकोको एस जि रोडा ढुङ्गा उद्योग, छिम्केश्वरी रोडा ढुंगा उद्योगले जनाएको छ ।
ढुङ्गा, गिटी, बालुवा, माटो, चट्टानको उत्खनन र संकलन गर्दा पहाडी क्षेत्रमा तालतलैया र धार्मिक महत्वका पोखरीदेखि ५ सय मिटर बाहिर हुनुपर्ने, हाइटेन्सन लाइनबाट ५ सय मिटर बाहिर हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थान, सुरक्षा निकायबाट ५ सय मिटर बाहिर हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै सांस्कृतिक र पुरातात्विक महत्वका स्थान वा सुरक्षा निकाय निकुञ्ज, आरक्ष क्षेत्र, घनाबस्ती, वन क्षेत्र, पक्की एवं झोलुंगे पुल, राजमार्ग तथा अन्तर्राष्ट्रिय सिमानाबाट ५ सय मिटर बाहिर मात्रै त्यस्ता क्रसर उद्योग खोल्न सकिनेछ ।
देवघाट र आँबुखैरेनीका २ वटा क्रसर उद्योगले नयाँ मापदण्ड पुरा गरी दर्ता गर्न ल्लाएको कार्यालयले जनाएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मापदण्ड पूरा नगर्ने क्रसर उद्योगलाई साउनदेखि नै बन्द गर्न भनिएको बताउनुभयो । अटेर गरी ती उद्योग सञ्चालन भइरहेको पाईएको छ मापदण्ड पुरा नगरे कारबाही शुरु गर्छौ । गण्डकी प्रदेशले नयाँ मापदण्ड बनाएकाले शुरुमा ती क्रसर उद्योगले स्थलगत अनुगमन गर्नुपर्ने कार्यालयले जनाएको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र संचालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ अनुसार ती उद्योगहरुलाई थप व्यवस्थित गर्दै लगिने उल्लेख छ ।
गण्डकी प्रदेशको नियमसँगको मिल्दोजुल्दो गरी नदीजन्य पद्धार्थको उत्खनन्, सङ्कलन र ढुवानीको कार्यविधी तयार गरेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्त खिम कुमालले जानकारी दिनुभयो । टेन्डरको प्रक्रियामा छौं मापदण्ड पुरा गर्नेले मात्र उत्खनन् गर्न पाउने छन् ,प्रवक्ता कुमालले भन्नुभयो, सेती नदीका विभिन्न ९ वटा ठाउँमा लागि टेन्डर खुलाउँदै छौं ।’ वर्षातको बेला थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवालाई प्रारम्भिक वातावरणीय परीक्षण(आईइइ) निर्धारण गरेको मापदण्डको आधारमा मात्रै उत्खनन् गर्न पाउने कुमाल बताउनुुहुन्छ । कुमालका अनुसार निजी जग्गामा पनि उत्खनन् गर्दा पनि अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण गरेपछि मात्रै उत्खनन् गर्न पाउने गरी कार्यविधी बनेको छ । नयाँ मापदण्ड अनुसार जिल्लामा कुनै पनि ठाउँमा क्रसर उद्योग सञ्चालन गर्न नसकिने व्यवसायीहरु बताउँछन् । कतै वन नजिक पर्छ, कतै हाईटेन्सन लाईन छन्,कतै विद्यालय, कतै मठमन्दिर नजिक छन् , कतै राजमार्गनयाँ मापदण्ड पुरा गर्न सकिदैन आँबुखैरेनी गाउँपालिकाको नारीघाट स्थित छिम्केश्वरी क्रसर उद्योगका सञ्चालक कोपीलाल गुरुङले भन्नुभयो, नियम परिमार्जन गर्न आवश्यक छ । नयाँ मापदण्ड लागू गरे करोडौंको लगानी डुब्ने र नदीजन्य पद्धार्थको अभावमा सरकारी विकास निमार्णका काम तथा निजी संरचना निमार्ण गर्न पनि ठप्प हुने पुग्ने गुरुङको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker