समाज रुपान्तरणमा अघि बढदै तनहुँका महिलाहरु, शब बोकेर घाटसम्म पुर्याए महिलाले नै

अमरराज नहर्की,तनहुँ
मानिसको मृत्यु हुँदा पुरुषले नै बोकेर घाटमा बोकेर लैजाने तथा मलामी जाने सामाजिक मान्यता रहेको छ । तर तनहुँका महिलाहरुले शव पुरुषले मात्रै हैन महिलाले नि बोकेर लैजान सक्छन् भन्ने सन्देश दिएका छन् ।
व्यास नगरपालिका–५ स्थित महिलाहरुद्धारा सञ्चालित वेदव्यास जेष्ठ नागरिक आश्रममा आबद्ध महिलाहरुले उदाहरणीय काम गरेका हुन् । आश्रममा ६ वर्ष देखि आश्रय लिनु भएकी ८२ वर्षिय तिलुमाया बगालेको सोमबार मृत्यु भएपछि आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठ, उपाध्यक्ष सकुन्तला आले, सचिव निर्मला मल्ल, लगायतका महिलाहरुले शव बोक्ने तथा मलामी गएका थिए । ‘महिलाहरु पुरुष सहर जस्तो सुकै काम गर्न सक्छिन् भन्ने उदाहरण देखाउन शव समेत बोकेर मलामी जाने गरेको, शव बोक्नु भएकी आश्रमकी सदस्य तथा स्थानीय सञ्चारकर्मी अन्जु दाहालले जानकारी दिनुभयो । यो उनिहरुले चौथो पटक शव बोकेका हुन् ।
महिलाहरुको यस कार्य दिपक ज्ञावलीले महिला दिदी बहिनीहरुले सशक्त , उच्च विचार तथा महान कार्य भएको भन्दै जति प्रशंसा गरेपनि कमी हुने प्रतिक्रिया दिनुभयो । आश्रम स्थल चापाघाट देखि दमौली स्थित सेतीबुल्दी घाट सम्मको करीव तीन किलोमिटर दुरी बोकेर घाटसम्म लैजान गरेका छन् । मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने गर्ने हातहरु पवित्र हुन्छन् भन्ने मुलमन्त्रलाइ आत्मसाथ गर्दै सञ्चालन गर्दै आएको आश्रम हाल तीन आमा र दुई बुबा गरी ५ जनाले आश्रय लिनु भएको छ । आश्रम सञ्चालन गर्न सदरमुकाम दमौली र यस आसपासका तीन सय जना महिलाहरु रहेका छन् । आबद्ध हुने अधिकांश महिलाहरु दमौलीमा व्यापार÷व्यवसाय गर्दै आएका छन् । नाफा कमाउनु मात्रै नभई समाज सेवा गर्नु पर्छ भनेर महिलाहरु आबद्ध हुनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker