टिम नेपो तनहुँद्वारा महिनावारी सम्बन्धि सचेतना कार्यक्रम

 

मदन तिमल्सेना
तनहुँ , असोज ९ गते
सरकारी बिघालयका किशोरीलाई महिनावारी सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । तनहुको व्यास नगरपालिका वडा नम्बर १० सेवरमा रहेको श्री सर्वज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ८ कक्षा देखि १० कक्षा सम्मका छात्राहरुलाई किशारोवस्थामा हुने परिवर्तन र त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने र महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ र हेरचाहका विषयमा जानकारी दिइएको थियो ।

टिम नेपो तनहुँको आयोजनामा महिनावारि सम्बन्धि सचेतना तथा सेनेटरि प्याड वितरण कार्यक्रम सम्पन्न भएको हो । नेपो तनहुँका अध्यक्ष सुजन लौडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद कलिला खान थिइन् । विशिष्ट अतिथि विघालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना, अथिति प्रानध्यापक कश्यवराज जमर्कटेल, डा.सुशील पाैडेल, खेलाडी सुदिप अाचार्य , सुजन अाचार्य अादिको उपस्थित रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि खानले महिनावारि लाज मान्ने कुरा नभई प्राकृतिक नियम भएको बताईन । ‘महिनावारि कुनै रोग होइन’ सांसद खानले भनिन ‘यो प्राकृतिक चक्र हो ।’ महिनावारि हुदा सरसफाईमा विशेष ध्यान दिनुर्ने उनले बताइन । सर्व ज्योति माध्यमिक विघालयका व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले यस्तो खालको कार्यक्रम हरेक बिघालयहरुमा गर्न अावश्कता रहेको , कति किशोरीहरुले महिनावारी हुदा भएका समस्यहरु नभन्नाले ज्यान समेत घुमाउन पुगेका समेत बताएउनु भयो । महिनावारी हुदा समस्यहरु देखा पर्न थालो भने डाक्टर भएको ठाउमा गएर सल्लाह लिन समेत अाग्रह समेत गर्नु भयो ।

समाधान अस्पतालका डा शुसिल पौडेलले महिनावारि सम्बन्धि जानकारी दिएका थिए । उक्त कार्यक्रमको सहआयोजक निलकुमारी मिया फाउन्डेसन रहेको थियो भने समाधान अस्पतालको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा स्कुले छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको थियो । उक्त कार्यक्रम टिम नेपो तनहुँका सागर घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker