पालुङ्टारमा समाजवादी पार्टीको संगठन विस्तार द्रुत गतिमा अघि बढाईंदै

गोरखा संसार
असोज ८, गोरखा

पालुङ्टार नगरपालिकामा संघीय समाजबादी पार्टीले संगठन विस्तारलाई द्रुत गतिमा अघि बढाउन लागिएको जनाइएको छ । पार्टीको नगर कमिटीको असोज ८ गते बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको सो पार्टीका दिपक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार छिटै पार्टीको वडा समितिहरु गठन गरिनेछ ।
यसअघि नै नगरसमिति गठन भइसकेको छ भने केही रिक्त रहेका पदहरुमा भने समाजसेवी एवं बुद्धिजिवीहरु लाई मनोनयन गरिने बताइएको छ । पछिल्लो समय विभिन्न पार्टीबाट समाजवादी पार्टीमा प्रवेश गर्नेको संख्या बढदै गएको समाजवादी पालुङ्टारका अध्यक्ष अशोक देवकोटाले गोरखा संसारलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker