पहिरोको कारण पालुङटार वडा नंं. ३ का १० घर जोखिममा

राजेश पाैडेल,गाेरखा ।
पहिरोका कारण पालुङटार नगरपालिका वडा नंं. ३ का १० वटा घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नं. ३ बोहोरागाउँको दलित बस्तीका ५ घर, घर नजिकैबाट गएको पहिरोको कारण जोखिममा परेको हुन् । अन्य घरहरु सडक निर्माणको क्रममा घरको आँगन सम्म सडक खनिएको र संरक्षणको लागि मेसिनरी वाल नलगाईएकाले गएको पहिरोका कारण जोखिममा परेका हुन् । त्यसै गरी लुईटेल भञ्ज्याङ, भच्चेक सडक खण्ड अन्र्तगत वडा नं. ३ को बोहोरागाउँमा सडक भासिएर गएको पहिरोको कारण दुई घर जोखिममा परेका छन् । उता वडा नं. ३ का वडा अध्यक्ष रेशम बहादुर अधिकारीले पहिरोको कारण जोखिममा परेका घरहरुको उचित व्यवस्थापनका लागि नगर प्रमुखले प्राबिधि सहित अनुगमन गरिसकेको र नगरपालिकाले नै उनिहरुको उचित व्यवस्थापनको प्रक्रिया अघि बढाएको बताउनुभएको छ । सोहि अवसरमा अध्यक्ष अधिकारीले आफुले पनि समस्यामा परेका घरहरुको अनुगमन गरि उचित व्यवस्थापनका लागि नगरपालिकामा सिफारीस गरेर पठाएको बताउनुभएको छ ।
सडक भासिए पछि उक्त रुट भएर चल्ने सवारी साधन आवत जावतमा पनि समस्या आएको छ । उक्त रुट अन्र्तगत वडा नं. ३ को बोहोरागाउँमा सडक भासिए पछि बिजुलेडाँडा, आँपपिपल, हर्मी लगायतका स्थानहरुमा आवतजावत गर्ने यात्रुहरुलाई समस्या परेको छ । सडक भासिए पछि यात्रुबाहक सवारी साधनहरु तलबाट माथी जान नसक्ने अवस्था आएको र माथी रहेको सवारी साधनले छोटो दुरीमा चर्काे भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker