राजनीति गर्ने भए कुर्सी छोडेर मैदानमा आउनुस – सांसद आचार्य

गोरखा ५, असोज – गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई राजनीति गर्ने भए कुर्सी छोडेर मैदानमा आउन चुनौती दिनुभएको छ ।

शनिबार गोरखा सदरमुकाममा आयोजित ‘बूढीगण्डकी जलबिद्युत आयोजनाको अबस्था र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुनु भएका सांसद आचार्यले यस्तो चुनौती दिनुभएको हो ।

उहाँले गोरखाको महत्वपूर्ण सरोकार राख्ने बिषयमा प्रमुख जिल्ला अधिकारी उपस्थित नहुुनु राजनीति बाहेक अरु केही नभएको बताउनुभयो । ‘प्रमुख जिल्ला उपस्थित नहुनु यो राजनीति हो, मैले उहाँ प्रति खेद प्रकट गर्नुपर्छ, सांसद आर्चायले भन्नुभयो, किनभने यो राजनीति गर्ने ठाउँ होइन, आउनु हामीसंग राजनीति नै गर्न चाहानुहुन्छ भने चुनावमा आउनुस ।’

आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण नहुदा लामो समयदेखि जनता मारमा परेको भन्दै सांसद अधिकारीले जनतालाई जबाफ दिनुपर्ने ठाउमा नआउनु दुख्द कुरा भएको बताउनुभयो । ‘मैले के भन्न चाहान्छु भने यस्तै हो भने तपाई गोरखाको इतिहासमा अर्को एउटा कालो धब्बा बनेर जादै हुनुहुन्छ, सांसद आचार्यले भन्नुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढि गण्डकी आयोजनाका सवालमा जनताको धेरै प्रश्नहरुको जबाफ दिनसक्नु पर्ने बताउनुभयो ।

शनिबार आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन (अनन्त) आउनुहुने भनिएपनि उहाँ कार्यक्रममा आउनु भएन । त्यस्तै जिल्लामा मुअब्जा निर्धारणको जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने पनि कार्यक्रममा सहभागी हुनु भएन भने आयोजना प्रमुख कृष्ण कार्की शुरु मै आफ्नो प्रस्तुती राखेर फर्कनु भएपछि कार्यक्रममा आयोजनाका बारेमा उठेका प्रश्नको जबाफ दिने निकाय नै नभएपछि अफ्ट्यारो परेको थियो ।

mfm बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker