लागू अाैषध नियन्त्रणमा एस पी कंडेलकाे कदम

सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर .३ स्थित चमार टोलमा सशस्त्र प्रहरी सिराहा र सशस्त्र प्रहरी बल बरियारपट्टी बाट खटिएको गस्ती प्रहरी टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको स.९प.४०२४ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा जिल्ला उदयपुर रौतामाइ गा.पा.९ पुरकुचि बस्ने बर्ष ३१ को राजु तामाङको साथबाट लागूऔषध Diazplab–१३ एम्पुल , , Noophin –१३ एम्पुल , फेनारगन –१३ ,Nitrosan –२४ Tablet र मोटरसाइकल सहित निज राजु तामाङ लाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रमुख प्रबिन कंडेलले जानकारी दिए ।

त्यसै गरि सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर .३ स्थित चमार टोलमा सशस्त्र प्रहरी सिरहा र सशस्त्र प्रहरी बल बरियारपट्टी बाट खटिएको गस्ती प्रहरी टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको स १० प ६९८७ नम्बरको मोटसाइकल लाई चेकजाँच गर्ने क्रममा जिल्ला सिराहाको सन्हैठा बस्ने बर्ष २४ को दिपक कुमार यादवको साथ बाट लागुऔषध र मोटरसाइकल सहित दिपक कुमार यादवलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker