दुर्घटना पछि आँबुखैरेनी–डुम्रे सडक खण्ड अबरुद्व

गोरखा – यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिदाँ मोटर साईकल चाललको मृत्यु भए पछि सनिबार मध्यान्न १२ बजे देखी आँबुखैरेनी–डुम्रे सडक खण्ड अबरुद्व भएको छ ।

पोखराबाट लुम्बिनी जान लागेको लु .१ ख ८००२ नम्बरको बसले सोही दिसा जाँदै गरेको बा. ९९ प १४७३ नम्बरको मोटरसाईकल शनिबार विहान ९ः२० वजे आँबुखैरेनी पेट्रोल पम्प आगडी ठक्कर दिदा गोरखा जिल्ला शहिद लखनथापा गाउँपालिका–३ स्थायी घर भई हाल तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार बस्ने वर्ष २८ को यमबहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै बसका चालक फरार भएको भन्दै स्थानियले चालकको कारबाही र क्षतिपूर्तिको माग राख्दै राजमार्ग बन्द गराएको इलाका प्रहरी कार्यालयले आँबुखै्रेनीले जानकारी दिएको छ ।

सडक सुचारु गर्ने बिषयमा स्थानिय संग वार्ता भई रहेको कार्यालयले जनाएको छ । बन्दका कारण आँबुखैरेनी–मुग्लीन र आँबुखैरेनी–मार्कीचोक सम्म सवारी जाम भएको छ । सवारी जाम हुदा हजारौ यात्रीले सास्ती भोगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker