गाेरखामा गुरूङ भाषा संस्कृित जगेर्ना अभियान

गाेरखा संसार

गुरुङ भाषा र संस्कृति जर्गेनाका लागी जिल्लामा अभियान संचालन गरिएको छ । पछिल्लो समय भाषा र संस्कृती लोप हुदै गएको भन्दै जर्गेनाका लागी गुरुङ समुदायले अभियान शुरु गरेका छन् । अभियान अन्तरगत जिल्ला सदरमुकाममा १५ दिने तमु भाषा एवं स्यार्गा नाच प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।

तालिममा भाषा अन्तरगत सामान्य शब्दहरु सिकाइएको भाषा प्रशिक्षक सुक बहादुर गुरुङले बताए ।
‘बजार क्षेत्रमा बस्ने धेरैजसो युवापुस्तालाइ भाषा आउदैन,’ उनले भने, ‘त्यही भएर भाषा सिकाउन तालिम दिइएको हो ।’ अहिले सामान्य शब्दहरु सिकाइएको र आगामी दिनमा भाषा सम्बन्धि थप तालिम संचालन गरिने उनले बताए । ‘उत्तरी क्षेत्रका गुरुङहरुलाइ भाषामा समस्या भयो, अन्य ठाउँमा जाँदा पनि गुरुङ भाषा बोल्न नजान्दा गुरुङ होइन भनेर होप्न थाले त्यही भएर भाषा सिकाउन थालेका हौ,’ उनले भने ।
तालिममा भाषा सँगै स्यार्गा नाँच पनि सिकाइएको छ । गुरुङ समुदायमा कसैको मृत्यु भएमा अर्वुङ गर्दा स्यार्गा गित गाएर नाच्ने प्रचलन छ । तिन दिन सम्म गरिने कर्मकाण्डमा दोस्रो दिन उक्त नाँच प्रस्तुत गरिन्छ । उक्त गीत र नाँच प्रस्तुत गरेर मृत आत्मालाइ स्वर्ग तार्ने विश्वास गुरुङ समुदायमा रहेको स्यार्गा नाँच प्रशिक्षक बम बहादुर गुरुङले बताए । ‘गीतमा नौै वटा डाँडा पुकार्दै मृत आत्मालाइ स्वर्ग तार्छाै,’ उनले भने । जिल्लामा करिव आठ वटा स्यार्गा नाँच समूह रहेको उनको भनाइ छ । मृतक परिवारले स्वार्गा नााँचका लागी स्यार्गा गुरुलाइ रक्सी लिएर निम्ता दिने चलन रहेको उनले जानकारी दिए । ‘कसैको घरमा मान्छे मरेपछि स्यार्गा नाँचका लागी एक पुङ रक्सी लिएर स्यार्गा गुरुलाइ निम्ता दिन मृतकका आफन्त आउछन्, अनि गुरुले अरुलाइ भनेर नाँँच्न जान्छन्,’ उनले भने ।
नाँच प्रस्तुत गरे वापत उनीहरुले दक्षिणा पनि पाउछन् । स्यार्गा नाँच लोप हुदै गएको भन्दै संरक्षणका लागी तालिम संचालन गरिएको उनले बताए । तालिम १५ दिन सम्म संचालन भएको  थियो । तमु ह्यूल छोज धि गुरुङ राष्टिूय परिषद जिल्ला कार्यसमिति गोरखाको आयोजनामा गत भदौ १७ गते देखि तालिम संचालन भएको थियो । तालिमको बिहीवार एक कार्यक्रमका बिच समापन गरिएको छ । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमु ह्युल छोज धी का केन्द्रिय सदस्य जगनसिं गुरुङ, रुप बहादुर गुरुङ, दुर्गा गुरुङ लगायतले मन्तव्य राखेका थिए । तालिम संचालनका लागी गोरखा नगरपालिकाले एक लाख रकम सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker