२०१३ सालमा बनेको र २०७२ सालको भुकम्पले आंशिक क्षति भएकेा घरकाे प्रवलीकरण

गोरखा नगरपालिकाको नारेश्वरस्थित वडा नम्बर ३ मा रहेको शम्भु थापाको भुकम्प वाटआशिंक क्षति भएको घरमा पहिलो पटक प्रवलीकरणको सुरुवात भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले प्राविधिकको सहजिकरणमा औपचारिक रुपमा गोरखा नगरपालिकामा प्रवलीकरण प्रर्दशनी घरमा काम थालनी गरेको हो । निजी आवास प्रवलीकरण सम्बन्धी प्रशिक्षकहरुलाई प्रशिक्षण कार्यक्रममा प्रवलीकरण घरको औपचारिक उद्घाटन गर्दै गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले प्रवलीकरणको औपचारिक सुरुवातले अन्य आशिंक क्षति पुगेका घरमा समेत प्रेरणा मिल्ने बताउनुभयो । उहाँले भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा प्रवलीकरणको सुरुवात भएकाले अन्य वडामा समेत नमुना घर निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, नगरपालिकाका सबै वडामा विज्ञको सुझावका आधारमा आंशिक क्षति पुगेका घरलाई जस्ताको तेस्तै बनाउन सकिन्छ । मेयर पन्तले प्रवलीकरणका लागि परियोजनाको सहयोगमा दिर्घकालिन रुपमा जनशक्ति तयार भएमा सहज हुने बताउनुभयो । प्रवलीकरणका विषयमा समुदायमा जनचेतना फैलाएर आंशिक क्षति पुगेका घरधनीलाई मानसिक रुपमा तयार गर्न आवश्यक रहेको बताउनुभयो । मेयर पन्तले प्रवलीकरण गरिने घरको अवलोकन गर्दै सो कुरा बताउनुभएको हो । यस्तै, सम्उन्नत टोल सुधार समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठले पुराना घरलाई विस्थापित गर्नुभन्दा जोगाउनु ख महत्वपुर्ण हुने भएकाले प्रवलीकरणको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँले परियोजनाको सहजिकरणले प्रवलीकरणले गति लिनेमा आफु आशावादी रहेको बताउनुभयो । प्रवलीकरण विज्ञ राजेन्द्र देशाईले आमनागरिकलाई प्रवलीकरणका बारेमा कम जानकारी भएकाले समेत प्रवलीकरण गरिएको नमुना घरले जनचेतना अभिवृद्धिमा सहयोग गर्ने बताउनुभयो । भूकम्प प्रभावित शम्भु थापाको ६० बर्ष अगाडीको घर प्रवलीकरण गरिएपश्चात थप ६० बर्ष सम्म थप मजबुद् हुने देशाईको भनाई थियो । परियोजनाका जिल्ला संयोजक राम सापकोटाले प्रवलीकरण गरिने घरमा प्रवलीकरणका क्रममा प्राविधिकको प्रशिक्षण समेत हुने भएकाले आगामी दिनमा प्रवलीकरण गरिने घरका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रवलीकरणका लागि आगामी दिनमा समेत नगरपालिकाको सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । घरधनी थापाको ं तीन तल्लाको घरमा ८ जना डकर्मीले १५ दिनमा प्रवलीकरण सक्ने लक्ष्य सहित काम गरिरहेको परियोजनाका इन्जिनियर दिवस दाहालले बताउनुभयो । प्रवलीकरण गरिरहनुभएका घरधनी शुम्भ थापाको ढुंगामाटोको घर २०१३ सालमा बनेको र २०७२ सालको भुकम्पले आंशिक क्षति भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker